१८ प्रहरी कर्मचारी सम्पर्क बाहिर, ७ दिनभित्र हाजिर नभए कारबाही
सारांश
- प्रहरी प्रधान कार्यालयले सम्पर्कमा नआएका १८ प्रहरी कर्मचारीलाई हाजिर हुन आग्रह गरेको छ।
- ७ दिनभित्र हाजिर नभए प्रहरी नियमावली अनुसार सेवाबाट हटाउने चेतावनी दिइएको छ।
- प्रहरी नियमावली २०७१ अनुसार स्पष्टीकरणसहित हाजिर हुन सूचनामा उल्लेख छ।
काठमाडौँ । प्रहरी प्रधान कार्यालय नक्सालले सम्पर्क बाहिर रहेका १८ प्रहरी कर्मचारीलाई तत्काल हाजिर हुन आउन आग्रह गरेको छ । कानुन शाखाले आज एक सूचना प्रकाशित गर्दै ७ दिनभित्र हाजिर हुन आग्रह गरेको हो ।
'आफूखुसी कार्यालयमा गैरहाजिर रहेको र खोजतलास गर्दा गराउँदा तथा प्रहरी नियमावली, २०७१ (संशोधन सहित) को नियम ११५ को देहाय (२) बमोजिम प्रक्रिया पूरा गरी सूचना टाँस भई सक्दा समेत कार्यालयको सम्पर्कमा नआउनु भएकोले हाजिर हुन आउनेबारे यो सूचना प्रकाशित गरिएको छ । यो सूचना प्रकाशित भएको मितिले बाटोको म्याद बाहेक सात ९७० दिनभित्र आफू गैरहाजिर रहनुको कारण खोली सन्तोषजनक स्पष्टीकरण जवाफ सहित यस कार्यालय वा सूचना जारी गर्ने कार्यालयमा हाजिर हुन आउनुहोला', सूचनामा भनिएको छ ।
तोकिएको मितिमा पनि सम्पर्कमा नआए प्रहरी नियमावली बमोजिम सेवाबाट हटाउने कारबाही हुने सूचनामा उल्लेख छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण