सूर्यज्योति लाइफ इन्स्योरेन्सद्वारा भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ करोड ५० लाख सहयोग
सारांश
- सूर्यज्योति लाइफ इन्स्योरेन्सले भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ करोड ५० लाख रुपैयाँ सहयोग गरेको छ।
- कम्पनीका सीईओ प्रकाश विक्रम खत्रीले अर्थमन्त्री रामेश्वर खनाललाई चेक हस्तान्तरण गरेका थिए।
- यो सहयोग गत भदौमा भएको आन्दोलनबाट क्षति भएका संरचनाको पुनर्निर्माणका लागि हो।
काठमाडौँ । भौतिक संरचनाको पुनः निर्माणका लागि सरकारले स्थापना गरेको ‘भौतिक पूर्वाधार पुनर्निर्माण कोष’ मा सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले १ करोड ५० लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ।
मंगलवार कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रकाश विक्रम खत्रीले अर्थमन्त्री रामेश्वर खनाललाई उक्त सहयोग रकमको चेक हस्तान्तरण गरेका हुन् । गत भदौ २२ र २३ गते भएको आन्दोलनका कारण सार्वजनिक तथा सरकारी भौतिक संरचनामा आगजनी र तोडफोडबाट ठूलो क्षति पुगेको थियो।
अर्थ मन्त्रालयले विभिन्न संघसंस्था तथा व्यक्तिहरूलाई कोषमा सहयोगका लागि आह्वान गरेको थियो।
सूर्यज्योति लाइफ इन्स्योरेन्सले यो सहयोग कम्पनीको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत गरिएको उल्लेख गरेको छ।
कम्पनीले विगतमा पनि राष्ट्रले आवश्यक महसुस गरेका विभिन्न प्रतिकुल परिस्थितिमा विविध प्रकारको सहयोग गर्दै आएको र हालको यो योगदानले क्षति भएका भौतिक संरचनाको पुनःनिर्माण, आर्थिक पुनरुत्थान र राहत लगायतका कार्यका लागि निश्चित सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनधिकृत रूपमा ‘डाक्टर’ लेख्ने व्यक्तिविरुद्ध कारबाही प्रक्रिया अघि बढ्ने
-
त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता
-
रवि लामिछानेको ‘विकास कूटनीति’: पूरा होला मल कारखानाको सपना ?
-
मोरङ कांग्रेसमा क्रियाशील सदस्यताको विषयलाई लिएर विवाद, सह–महामन्त्री संग्रौला सहभागी कार्यक्रम बिथोलियो
-
बढ्दो गर्मीका कारण बालबालिकाको शिक्षा र स्वास्थ्यमा प्रभाव
-
गर्मी छल्न विद्यालयहरू धमाधम बन्द गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण