‘गोट टुर अफ इन्डिया २०२५’, करोडौँ समर्थक मेस्सीको प्रतीक्षामा
सारांश
- विश्वकप विजेता कप्तान लियोनेल मेस्सी डिसेम्बरमा भारत भ्रमण गर्दैछन्।
- मेस्सी 'गोट टुर अफ इन्डिया २०२५' अन्तर्गत कोलकाता, मुम्बई र नयाँ दिल्लीमा कार्यक्रममा सहभागी हुनेछन्।
- भ्रमणमा मेस्सीले स्थानीय खेलकुद हस्ती र राज्यका नेताहरूसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ।
काठमाडौँ । विश्वकप विजेता कप्तान लियोनेल मेस्सीले भारत भ्रमण गर्दैछन् । पहिलो पटक भारत आउन लागेका मेस्सीलाई हेर्न भारतका समर्थक मात्र होइन दक्षिण एसियाका सबै देश आतुर छन् ।
लियोनेल मेस्सी ‘गोट टुर अफ इन्डिया २०२५’ अन्तर्गत डिसेम्बर १३ देखि १५ सम्म भारत भ्रमणमा रहनेछन् । तीन दिने भ्रमण डिसेम्बर १३ र १५ को दौरान मेस्सीका कार्यक्रमहरू कोलकाता, मुम्बई र नयाँ दिल्लीमा हुनेछन् । चौथो शहरको घोषणा चाँडै गरिनेछ । मेस्सीसँग सम्बन्धित कार्यक्रमहरू साल्ट लेक स्टेडियम (कोलकाता), वानखेडे स्टेडियम (मुम्बई), अरुण जेटली स्टेडियम (नयाँ दिल्ली) मा हुनेछन् ।
कोलकातामा एक प्रतिमा अनावरण र नयाँ परोपकारी पहलको सुरुवात जस्ता समारोहहरू पनि समावेश हुनेछन् । कार्यक्रमको टिकट विशेष रूपमा डिस्ट्रिक्ट एप मार्फत उपलब्ध हुनेछन् ।
भ्रमणको दौरान मेस्सीले पश्चिम बंगाल, महाराष्ट्र र दिल्लीका स्थानीय खेलकुद र मनोरञ्जन जगतका हस्तीहरू र राज्यका नेताहरूसँग पनि भेट्ने कार्यक्रम छ ।
विश्वकप विजेता अर्जेन्टिनाका कप्तानले अन्तिम पटक सन् २०११ मा कोलकातामा फिफाको मैत्रीपूर्ण खेलका लागि भारत भ्रमण गरेका थिए । उनको यो यात्रा अमेरिका, क्यानडा र मेक्सिकोमा हुने २०२६ फिफा विश्वकपको एक वर्ष अघि हो ।
३८ वर्षीय मेस्सी आफ्नो करियरको अन्तिम चरणमा छन् । फिफा विश्वकप २०२६ पछि उनले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिन सक्नेछन् । मेस्सीलाई मन पराउनेहरूको सङ्ख्या भारतमा करोडौँ छ । त्यसैले उनको भारत आगमन उनका फ्यानहरूका लागि विशेष क्षण हुनेछ। सन् २०२३ देखि इन्टर मियामीका लागि व्यावसायिक फुटबल खेलिरहेका मेस्सीले अर्जेन्टिनाका लागि १९४ खेलमा ११४ गोल गरेका छन् र सर्वाधिक गोल गर्ने खेलाडीहरूको अल टाइम सूचीमा क्रिस्टियानो रोनाल्डोपछि दोस्रो स्थानमा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनचाँदी व्यवसायी संस्थाहरूबिचको दूरी घटाउन अध्यक्ष फोरम
-
क्षणभरमै खरानी बनेको मन्त्री निवास अझै बनेन, मन्त्रीहरूलाई सकस
-
जन्तर मन्तरबाट ककरोच जनता पार्टीका प्रदर्शनकारी हटाइए, प्रहरीद्वारा लाठीचार्ज
-
कोशी नदीमा हाम फालेका व्यक्तिको सकुशल उद्धार
-
सेजमा भाडा नतिर्ने उद्योगलाई अन्तिम चेतावनी, एक साताभित्र बक्यौता नतिरे बिजुली–पानी काटिने
-
इरानमाथि अमेरिकाको लगातार नवौँ रात आक्रमण : कहाँ-कहाँ भयो हमला?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण