बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

अमेरिकी चिप प्रभुत्वलाई चीनको चुनौती

मङ्गलबार, २१ असोज २०८२, ११ : ४४
मङ्गलबार, २१ असोज २०८२

सारांश

  • चीनले एआई र रोबोटिक्समा लगानी बढाउँदै चिप प्रविधिमा अमेरिकालाई चुनौती दिँदैछ।
  • चिनियाँ कम्पनीहरूले एनभिडियालाई चुनौती दिँदै आफ्नै चिप्स विकास गर्ने लक्ष्य राखेका छन्।
  • विज्ञहरूले चिनियाँ चिप निर्माताहरूको दाबीमा शङ्का व्यक्त गरे तापनि चीनको क्षमतालाई कम आँकलन गर्न नमिल्ने धारणा छ।

बेइजिङ । दशकौँदेखि विश्वव्यापी प्रविधि बजारमा अमेरिकाको प्रभुत्व रहे पनि चीन त्यसलाई परिवर्तन गर्न लागिपरेको छ। विश्वको दोस्रो ठुलो अर्थतन्त्र चीनले कृत्रिम बुद्धिमत्ता (एआई) र रोबोटिक्स मा ठुलो लगानी गरिरहेको हो। 

यसको महत्त्वपूर्ण पक्ष, यी अत्याधुनिक प्रविधिहरूलाई शक्ति दिने हाइएन्ड चिप्स उत्पादन गर्न बेइजिङले ठुलो मात्रामा लगानी गरिरहेको छ।

सिलिकन भ्यालीस्थित एआई चिप कम्पनी एनभिडियाका प्रमुख जेन्सेन हुआङले गत महिना चीन चिप विकासमा अमेरिकासँग ‘नानोसेकेन्डले मात्र पछाडि’ रहेको चेतावनी दिएका थिए।

2f680a40-9cd5-11f0-8245-f3f629744491.jpg

  • चिनियाँ कम्पनीहरूको आक्रामक कदम

सन् २०२४ मा चीनको तुलनात्मक रूपमा अपरिचित स्टार्टअप ‘डिपसिक’ ले ओपनएआईको च्याटजीपीटीको प्रतिस्पर्धी लन्च गरेर प्रविधि जगतमा तरङ्ग ल्यायो। यो मोडेल प्रमुख एआई मोडलहरू भन्दा निकै कम खर्चमा र कम हाइएन्ड चिपहरू प्रयोग गरेर प्रशिक्षित गरिएको बताइएको छ। यस घोषणाले केही समयका लागि एनभिडियाको बजार मूल्य पनि घटाएको थियो।

यस वर्ष, चीनका ठुला प्रविधि कम्पनीहरूले एनभिडियालाई चुनौती दिने र स्थानीय कम्पनीहरूका लागि मुख्य उन्नत चिप आपूर्तिकर्ता बन्ने लक्ष्य राखेका छन्। सेप्टेम्बरमा, चिनियाँ सरकारी सञ्चार माध्यमले अलिबाबाद्वारा घोषणा गरिएको नयाँ चिपले अमेरिकी निर्यात नियमअन्तर्गत चीनको लागि बनाइएका एनभिडियाको एचटुओ सेमिकन्डक्टरहरूको कार्यसम्पादनसँग प्रतिस्पर्धा गर्न सक्ने बताएको छ।

5c2326a0-9cd5-11f0-8245-f3f629744491.jpg

हुवावेले पनि आफ्नो अहिलेसम्मको सबैभन्दा शक्तिशाली चिप्स सार्वजनिक गर्दै एआई बजारमा एनभिडियाको प्रभुत्वलाई चुनौती दिन तीन-वर्षे योजना अनावरण गरेको छ। अन्य चिनियाँ चिप विकासकर्ताहरूले पनि चाइना युनिकमजस्ता ठुला सरकारी व्यवसायहरूसँग प्रमुख ठेक्काहरू सुरक्षित गरेका छन्। 

बेइजिङस्थित क्याम्ब्रिकन टेक्नोलोजीज लाई पनि एनभिडियाका लागि महत्त्वपूर्ण सम्भावित प्रतिस्पर्धी मानिएको छ।

  • चुनौती र कमजोरीहरू

एनभिडियाका प्रवक्ताले ‘प्रतिस्पर्धा निर्विवाद रूपमा आइपुगेको’ स्वीकार गरेका छन्। यद्यपि, केही विज्ञहरूले चिनियाँ चिप निर्माताहरूका दाबीहरूलाई सार्वजनिक तथ्याङ्कको अभाव र परीक्षण मापदण्डको कमीका कारण शङ्काको दृष्टिले हेरेका छन्। 

कम्प्युटर वैज्ञानिक जवाद हाज-याह्याका अनुसार, चिनियाँ सेमिकन्डक्टरहरू भविष्यवाणी गर्ने एआईमा अमेरिकासँग समान प्रदर्शन गरे पनि जटिल विश्लेषणमा पछि परेका छन्।

तर, राष्ट्रिय ताइवान विश्वविद्यालयका कम्प्युटिङ प्रोफेसर चिया-लिन याङले चीनको ठुलो सङ्ख्यामा रहेका कुशल प्राविधिक उद्योगका कामदारहरूलाई कम आँकलन गर्न नमिल्ने बताउँछन्। उनले ‘चीनको क्षमतालाई कम आँकलन गर्न सकिँदैन’ भन्दै चीनले चाँडै नै यो अन्तर मेटाउन सक्ने विश्वास व्यक्त गरे।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप