२०८३ को दसैँमा फिल्म ल्याउने दीपकराज गिरीको घोषणा
सारांश
- कलाकार दीपकराज गिरीले आफ्नो नयाँ फिल्म २०८३ सालको दसैँमा ल्याउने घोषणा गरेका छन्।
- अमेरिकामा 'छक्कापञ्जा कमेडी टुर' मा रहेका गिरीले सामाजिक सञ्जाल मार्फत जानकारी दिए।
- गत वर्ष 'छक्का पन्जा ५' रिलिज भएको थियो, जसले २० करोड माथिको व्यवसाय गरेको थियो।
काठमाडौँ । कलाकार तथा निर्माता दीपकराज गिरीले आफ्नो नयाँ फिल्म २०८३ सालको दसैँमा ल्याउने घोषणा गरेका छन् । ‘छक्कापञ्जा कमेडी टुर’का लागि अहिले अमेरिका रहेका गिरीले सामाजिक सञ्जालमा एक पोस्ट गर्दै उक्त जानकारी दिएका हुन् ।
‘देशको राजनीतिक अवस्था साथै प्राकृतिक प्रकोपका बिच दसैँमा सोचे जस्तो पक्कै भएन होला ! हामीले पनि यो साल चलचित्र ल्याउन सकेनौ’, उनी अगाडि भन्छन् ‘तैपनि दसैँमा प्रदर्शन भएका नेपाली चलचित्रहरूलाई दिनु भएको मायाका लागि धेरै धेरै धन्यवाद । अर्को साल दसैँमा भेटौला ।’
विगतका बर्सहरूमा दसैँमा ‘छक्का पन्जा’ सिरिज फिल्म दिँदै आएका दीपकको यो वर्ष दसैँमा फिल्म आएन । दसैँमा दीपकको फिल्म नहुँदा दसैँ नै खल्लो महसुस भयो भन्दै सामाजिक सञ्जालमा फ्यानले टिप्पणी गरेपछि गिरीले अर्को दसैँमा आफूले फिल्म ल्याउने बताएका हुन् ।
गतबर्षको दसैँमा दीपकको फिल्म ‘छक्का पन्जा ५’ रिलिज भएको थियो । फिल्मले २० करोड माथिको व्यवसाय गर्न सफल भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जल संरक्षणका लागि जलस्रोतमाथि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
-
प्रधानमन्त्रीसँगको छलफलपछि तयारी पोसाक उद्योगी उत्साहित : ‘मान्छे होइन, वस्तु निर्यात गरेर देश बन्छ’
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
-
भारतमा डेङ्गु खोप प्रयाेगकाे अनुमति
-
पाँचौँ मुख्यमन्त्री बन्ने तरखरमा खगराज भट्ट
-
१ लाख रुपैयाँ चोरेको आरोपमा बेल्टले घाँटी कसेर निशाको हत्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण