स्थानीय तहमा खटाइएका प्रमुख प्रशासकीय अधिकृतहरूलाई सात दिनभित्र रमाना दिन ताकेता
सारांश
- संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतहरूलाई सात दिनभित्र रमाना दिन ताकेता गरेको छ।
- मन्त्रालयले यसअघि खटाइएका अधिकृतहरू हाजिर नहुँदा स्थानीय तहको काममा असर परेको गुनासो आएपछि पुनः ताकेता गरेको हो।
- यसपटक हाजिर नहुने कारणले विपद् व्यवस्थापनमा समेत कठिनाइ भएको भन्दै मन्त्रालयले रमाना दिन निर्देशन दिएको छ।
काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतका रूपमा कामकाज गर्न खटाइएका कर्मचारीहरूलाई पत्र प्राप्त भएको मितिले सात दिनभित्र अनिवार्य रमाना दिन सम्बन्धित मन्त्रालय, आयोग, सचिवालय र निकायहरूलाई ताकेता गरेको छ।
मन्त्रालयले मिति २०८२/०६/२१ गतेको पत्रमार्फत सबै मन्त्रालय, संवैधानिक निकायहरू तथा सातवटै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई यो निर्देशन दिएको हो।
मन्त्रालयका अनुसार, यसअघि खटाइएका प्रमुख प्रशासकीय अधिकृतहरूमध्ये केही कर्मचारीहरू हालसम्म पनि खटाइएको स्थानीय तहमा हाजिर हुन नगएका कारण स्थानीय तहको नियमित कामकारबाहीमा गम्भीर असर परेको भनी विभिन्न स्थानीय तहबाट गुनासो प्राप्त भइरहेको छ।
शाखा अधिकृत भविन्द्र कार्कीले हस्ताक्षर गरेको ताकेता पत्रमा उल्लेख छ कि यसअघि पनि मिति २०८२/०५/३१ गते पत्रमार्फत निजामती सेवा ऐन, २०४९ तथा निजामती सेवा नियमावली, २०५० बमोजिम यथाशीघ्र रमाना दिन पत्राचार गरिएको थियो।
यस पटकको ताकेतामा हाजिर नहुने कारणले स्थानीय तहको नियमित कामकारबाहीमा असर पर्नुका साथै प्राकृतिक विपत्तिका कारण सृजित अवस्थाको व्यवस्थापन गर्न समेत कठिनाइ भएको भनी गुनासो प्राप्त भएको विषयलाई प्रमुखताका साथ उठाइएको छ।
अन्त्यमा, मन्त्रालयको मिति २०८२/०६/२१ गतेको निर्णय अनुसार, सात दिनभित्र सरुवा भएका वा कामकाजमा खटाइएका कर्मचारीहरूलाई रमाना दिई पठाउने व्यवस्था मिलाउन पुनः अनुरोध गरिएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण