अमेरिकाले इजरायललाई दियो झन्डै २२ अर्ब डलरको सैन्य सहायता
सारांश
- अमेरिकाले इजरायललाई २२ अर्ब डलर बराबरको सैन्य सहायता दिएको छ।
- ब्राउन विश्वविद्यालयको प्रतिवेदन अनुसार, विगत दुई वर्षमा अमेरिकाले इजरायललाई २१.७० अर्ब डलरको सैन्य सहायता प्रदान गरेको छ।
- यो सहायता बाइडेन र ट्रम्प दुवै प्रशासनले दिएको हो, जुन हमास र इजरायलबीचको युद्धको समयमा दिइएको थियो।
वासिङ्टन डिसी । अमेरिकाले इजरायललाई झन्डै २२ अर्ब डलर बराबरको सैन्य सहायता दिएको छ ।
गाजामा युद्ध सुरु भएदेखि विगत दुई वर्षमा अमेरिकाले इजरायललाई २१ अर्ब ७० करो डलर बराबरको सैन्य सहायता प्रदान गरेको मंगलबार सार्वजनिक भएको ब्राउन विश्वविद्यालयको वाटसन स्कुल अफ इन्टरनेशनल एण्ड पब्लिक अफेयर्सको प्रतिवेदले देखाएको छ ।
यसमा बाइडेन र ट्रम्प प्रशासन दुवैले दिएको सहायता समावेश गरिएको छ । हमासले इजरायलमाथि आक्रमण गरेको र गाजामा इजरायलको प्रतिशोधात्मक कारबाही भएको दुई वर्ष भइसकेको छ । हमासले २०२३ को अक्टोबर ७ मा इजरायलमाथि आक्रमण गरेयता गाजामा युद्ध चलिरहेको छ ।
ब्राउन विश्वविद्यालयको वाटसन स्कुल अफ इन्टरनेशनल एण्ड पब्लिक अफेयर्सद्वारा प्रकाशित ‘युद्धको लागत’ शीर्षकको सो अध्ययन प्रतिवेदनमा अमेरिकाले विगत दुई वर्षमा पश्चिम एसियामा सुरक्षा सहायता र विभिन्न अपरेसनहरूमा १० अर्ब डलरभन्दा बढी खर्च गरेको बताइएको छ ।
यो प्रतिवेदन सार्वजनिक रूपमा उपलब्ध तथ्य र रिपोर्टहरूमा आधारित छ । अमेरिकी विदेश विभागले प्रतिवेदनमा टिप्पणी गर्न अस्वीकार गरेको छ । ह्वाइट हाउसले पेन्टागनलाई यस सम्बन्धमा प्रश्न उठाउन भनेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
-
पेपर लिक प्रकरणमा राजनीति नगर्न जेपी नड्डाको चेतावनी, आन्दोलनकारीसँग वार्ताको ढोका खुला
-
फाइनलअघि मेस्सीले चेन्जिङ रुममा के भनेका थिए ? अफवाहबारे म्याक एलिस्टरका बुबाको खुलासा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण