सुदन गुरुङको खबरदारी : जनता जागिसकेका छन्,फुटाउने प्रयास नहोस्
सारांश
- जेनजीका प्रतिनिधि सुदन गुरुङले आफ्नो नाम प्रयोग गरेर आपराधिक गतिविधि गरेको आरोप लगाएका छन्।
- उनले दलहरूलाई खबरदारी गर्दै जनतालाई फुटाउने प्रयास नगर्न आग्रह गरे।
- गुरुङले आफू हिंसात्मक गतिविधिमा विश्वास नगर्ने र शान्तिपूर्ण आन्दोलन जारी रहने बताए।
काठमाडौँ । जेनजीको प्रतिनिधिका रूपमा सहजीकरण गर्दै आएका सुदन गुरुङले आफूहरूको नाम प्रयोग गरी आपराधिक गतिविधि भड्काउन खोजिएको दाबी गरेका छन् । उनले जनता जागिसकेकाले आफूहरुलाई फुटाउने प्रयास नगर्न दलहरूलाई खबरदारी गरेका छन् ।
साथै उनले आफूहरू कुनै पनि हिंसात्मक गतिविधिमा विश्वास नगर्ने दावी समेत गरेका छन् ।
‘हाम्रो नाम प्रयोग गरी आपराधिक गतिविधिहरू भड्काइँदैछ । त्यस्तो कार्य गर्नेहरूले कानुन बमोजिम सजाय भोग्नुपर्नेछ’, मंगलबार सामाजिक सञ्जालमा गुरुङले लेखेका छन् । उनले अगाडि भनेका छन्, ‘हाम्रो आन्दोलन सधैं शान्तिपूर्ण नै थियो र रहनेछ; त्यसैले त्यस्ता कार्यमा संलग्न नहुन र त्यस्ता कार्य हुन नदिन सबैलाई अनुरोध गर्दछौँ ।’
उनले राजनीतिक दलहरूलाई खबरदारी गर्दै भनेका छन्, ‘हामी चाहन्छौं कि राजनीतिक षड्यन्त्र गर्ने र गराउने यो समय हैन । अब जनता जागिसकेका छन् हामीलाई फुटाउन कुनै प्रयास नगरियोस् ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण