भाडामा सामान ल्याएर चिरिच्याट्ट छ सभाहल, तयारी नपुगेको भनेर स्थगित भयो बैठक
सारांश
- गण्डकी प्रदेश सभाको बैठक कार्यव्यवस्था परामर्श समितिको बैठकमा सहमति नजुटेपछि अनिश्चितकालका लागि स्थगित भयो।
- सचिवालयले बैठकका लागि तयारी गरे पनि प्राविधिक पक्ष र सुरक्षा चुनौतीका कारण बैठक स्थगित गरिएको बताइएको छ।
- बैठक स्थगित हुनुको कारण प्राविधिक पक्ष देखाइए पनि, सुरक्षा चुनौती र अन्य कारणले गर्दा तिहारपछि मात्रै बैठक बस्ने सम्भावना रहेको छ।
पोखरा । बुधबारका लागि आह्वान गरिएको गण्डकी प्रदेश सभाको बैठक कार्य व्यवस्था परामर्श समितिको बैठकमा दलहरूबिच सहमति जुट्न नसकेपछि अनिश्चितकालका लागि स्थगित भएको छ।
जेनजी प्रदर्शनका क्रममा प्रदेश संसदको मूल भवन जलेर नष्ट भएपछि सचिवालयले लामो अध्ययनपछि बैठक सञ्चालन गर्न मालेपाटनस्थित भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको सभाहल तयारी पारेको थियो।
सभाहलमा कृषि मन्त्रालयकै कुर्सीहरू तयारी अवस्थामा राखिएको थियो । बाँकी सबै उपकरण भाडामा लिइएको थियो भने २ वटा क्यामेरा लाइभका लागि जडान भैसकेको थियो । ‘
सभामुख कृष्ण धितालले मंगलबार कार्यव्यवस्था बैठकमा माननीयहरूले तयारी नपुगी बैठक नराख्न सुझाव दिएको बताए। उनले आकस्मिक बिदा परेकाले सचिवालय पनि पूर्ण रूपमा तयार हुन नसकेको भन्दै बैठक स्थगित गर्नुपरेको जानकारी दिए।
यता, सचिवालयका कर्मचारीहरूले भने तयारी लगभग पूरा भइसकेको दाबी गरेका छन्। एक कर्मचारीले भने, ‘साउण्ड सिस्टमदेखि लाइभ गर्ने उपकरणसम्म भाडामा ल्याएर जडान गरिएको थियो र कर्मचारीहरू बिदाको दिनमा पनि आएर काम गरेका थिए। प्राविधिक तयारी नपुगेको भन्नु सरासर गलत हो।’
कार्यव्यवस्था परामर्श समितिको बैठकमा सहभागी एक सदस्यका अनुसार, बैठकमा सुरक्षा चुनौती र त्यसको जिम्मा कसले लिने भन्ने विषयमा सांसदहरूले सभामुखको ध्यानाकर्षण गराएका थिए। तर, स्थगनको कारण भने प्राविधिक पक्षलाई देखाइएको उनले बताए।

प्रदेशसभाका सचिव गोविन्द पौडेलले पनि नयाँ भवनमा साउण्ड सिस्टम र गोपनीयता व्यवस्थापन गर्नुपर्दा तयारी अन्तिम चरणमा पुगेको बताए। यद्यपि, कार्यव्यवस्थामा धेरै कारणले बैठक चलाउन नसकिने कुरा उठेको र ठुलो कार्यसूची (बिजनेस) पनि नभएकाले स्थगन गर्ने निर्णय भएको उनले जानकारी दिए। मुख्यमन्त्रीसँग छलफल गरेर नै सभामुखले बैठक स्थगित गरेको उनको भनाई छ ।
एमालेका प्रमुख सचेतक गोविन्द नेपालीले संवेदनशील समयमा बैठक बोलाउनुअघि सचिवालयले दलहरूसँग खासै छलफल नगरेको आरोप लगाए। उनले नयाँ परिस्थितिको आँकलन गरिएको छ वा छैन भनेर प्रश्न उठाएको बताए।
स्रोतका अनुसार, अब प्रदेश सभाको बैठक तिहारपछि मात्रै बस्ने सम्भावना छ । यसबिचमा अधिकांश सांसदहरू केन्द्रीय राजनीतिक दलको बैठकमा व्यस्त हुनेछन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमतीमा कार्यालयहरूको सङ्ख्या २०१ बाट १९१ मा झारियो
-
अन्तर–कलेज बास्केटबल प्रतियोगिताको उपाधि गोल्डेन गेट कलेजलाई
-
गर्मीमा कति दिनसम्म सुरक्षित रहन्छ अन्डा ?
-
युरोपलाई रूसी तेल र ग्यास जरूरी : क्रेमलिन
-
जसाेतसाे सत्ता जाेगाए सुदूरपश्चिमका मुख्यमन्त्री शाहले
-
जसपा नेपाल विभाजन विवाद : सर्वाेच्चले गर्याे उपेन्द्र यादवको पक्षमा फैसला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण