बालेन र सुदन विरुद्धको जाहेरी पनि जाँचबुझ आयोगमा पठाइँदै
सारांश
- काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाह र जेनजी अगुवा सुदन गुरुङविरुद्धको जाहेरी उच्चस्तरीय जाँचबुझ आयोगमा पठाइने निर्णय गरियो।
- अनेरास्ववियुले बालेन शाह र सुदन गुरुङलाई कारबाहीको माग गर्दै जाहेरी दिएको थियो, तर प्रहरीले दर्ता नगरेको जनाएको छ।
- यसअघि पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकविरुद्धको जाहेरी पनि आयोगमा पठाइसकिएको छ।
काठमाडौँ। काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाह र जेनजी अगुवा सुदन गुरुङ विरुद्धको जाहेरी पनि उच्चस्तरीय जाँचबुझ आयोगमा पठाउने निर्णय गरिएको छ । प्रहरीका उच्च अधिकृतहरू र गृह मन्त्रालयका अधिकारीहरूबिचको छलफलपछि त्यस्तो निर्णय गरिएको गृहमन्त्रालयका एक जना उच्च अधिकृतले बताए ।
नेकपा (एमाले) निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुले जिल्ला प्रहरी परिसर काठमाडौँमा दिएको जाहेरी भोली (बुधवार) गौरीबहादुर कार्की नेतृत्वको उच्चस्तरीय जाँचबुझ आयोगमा पठाउन लागिएको हो । आफूले दिएको जाहेरी दर्ता गर्ने वा नगर्नेबारे २४ घण्टामा जवाफ दिने भनेर प्रहरीले भनेको सो विद्यार्थी सङ्गठनले दाबी गरेको थियो ।
अखिलले जेनजी प्रदर्शनको क्रममा भदौ २३ र २४ मा भएको सार्वजनिक सम्पत्ति तोडफोड, युवा हत्या र जासुसी गरेको विषयमा उनीहरूलाई कारबाही गर्न माग गरेको छ । तर, काठमाडौँका एसएसपी रमेश थापाले अखिलले लिएको जाहेरी प्रहरीले नलिएको दाबी गरेका छन् । रातोपाटीसँग कुरा गर्दै उनले भने, ‘हामीले जाहेरी लिएकै छैनौँ, २४ घण्टामा जवाफ दिने कुरा पनि भएको होइन ।’
यसअघिपूर्व प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखक विरुद्धको जाहेरी प्रहरीले आयोगमा पठाइसकेको छ ।
- याे पनि
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लोकसेवाको पदपूर्तिमै अंकुश लगाउने निर्णयविरुद्ध सडकमा उत्रिए विद्यार्थी
-
चिकित्सा शिक्षा आयोगको निर्देशकका लागि १२ जना सर्टलिस्टमा
-
निर्माणाधीन घरमा दुई जनाको शव फेला
-
बागमतीका कृषि मन्त्री पौडेलले भने–अब सरकारको नेतृत्व जसको संख्या पुग्छ त्यसले गर्छ
-
उर्लाबारीबाट भरुवा बन्दुक र विस्फोटक पदार्थ बरामद
-
मध्यपहाडी राजमार्गको जयराम–हलेसी खण्ड मर्मतका लागि टेन्डर आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण