१८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ
बुधबार, २२ असोज २०८२, १२ : ११
सारांश
- बाँकेमा १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन्।
- पक्राउ पर्नेमा राप्ती सोनारी गाउँपालिका-५, उर्लिहवाका ३० वर्षीय प्रेम थारू रहेका छन्।
- पीडित किशोरीको उजुरीपछि प्रहरीले उनलाई पक्राउ गरी आवश्यक अनुसन्धान गरिरहेको छ।
बाँके । बाँकेमा जबरजस्ती करणी गरेको अभियोगमा एक पुरुष पक्राउ परेका छन्।
पक्राउ पर्नेमा राप्ती सोनारी गाउँपालिका-५, उर्लिहवा बस्ने ३० वर्षीय प्रेम थारू रहेका छन्। उनलाई १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोग लागेको छ।
पीडित किशोरीले उजुरी दिएपछि ईलाका प्रहरी कार्यालय बैजापुरबाट खटिएको प्रहरी टोलीले प्रेम थारूलाई मंगलबार दिउँसो पक्राउ गरेको हो। प्रहरीले यस घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्रीले विपक्षी दलको नेता बोल्दा सदनमा उपस्थित हुने परम्परा तोड्नुभयो : आङ्देम्बे (पूर्णपाठ)
-
के छ शिक्षा नियमावली १०औँ संशोधनमा ?
-
सुशासन, पारदर्शिता र जबाफदेही सरकार नै आजको आवश्यकता
-
इरानका नयाँ नेतृत्वलाई इजरायली रक्षामन्त्रीको यस्तो चेतावनी
-
गाउँपालिका अध्यक्षले कमाए साढे ३ करोड बराबरको अकूत सम्पत्ति, बुवा-आमा र दुई श्रीमतीविरुद्ध पनि मुद्दा
-
बिहान उठ्नेबित्तिकै तातो पानी पिउने बानी छ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण