श्रीमतीको हत्या गरेको आरोपमा ७२ वर्षीय वृद्ध पक्राउ
बुधबार, २२ असोज २०८२, १२ : ५१
सारांश
- ओखलढुङ्गामा एक वृद्धले श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ परेका छन्।
- मोलुङ गाउँपालिकाका ७२ वर्षीय टेकबहादुर राईले १६ गते राति श्रीमतीलाई कुटपिट गरी हत्या गरेका थिए।
- प्रहरीले राईलाई नियन्त्रणमा लिई कर्तव्य ज्यान मुद्दा चलाएको छ र अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको छ।
ओखलढुङ्गा । ओखलढुङ्गामा श्रीमतीलाई कुटपिट गरी कर्तव्य गरी मारेको अभियोगमा एक जना वृद्ध पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका अनुसार मोलुङ गाउँपालिका वडा नं. २ बस्ने ७२ वर्षीय टेकबहादुर राईले असोज १६ गते राति ९ बजेको समयमा आफ्नै घरमा श्रीमती भवी लक्ष्मी राईलाई कुटपिट गरी हत्या गरेका हुन्।
घटनाको सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय बरुणेश्वरबाट खटिएको प्रहरी टोलीले राईलाई सोही स्थानबाट नियन्त्रणमा लिएको थियो। उनलाई कर्तव्य ज्यान सम्बन्धी कसुर मा मुद्दा चलाइएको छ।
जिल्ला अदालतबाट १० दिनको म्याद थप गरी राईमाथि थप अनुसन्धान भइरहेको सूचना अधिकारी प्रहरी निरीक्षक विजय कार्कीले जानकारी दिएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण