एमाले, कांग्रेस र एकीकृत समाजवादीको आन्तरिक बैठक धमाधम
सारांश
- राजनीतिक दलहरूले आन्तरिक बैठक बोलाएका छन्, जसमा जेनजी आन्दोलनपछिको घटनाक्रम र नेतृत्व पुनर्गठनबारे छलफल हुनेछ।
- नेपाली कांग्रेसले केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ, जसमा समसामयिक राजनीतिक घटनाक्रम र महाधिवेशनबारे निर्णय हुनेछ।
- एमाले र एकीकृत समाजवादीले पनि बैठक बोलाएका छन्, जसमा आन्दोलनको समीक्षा र भावी रणनीतिबारे छलफल हुनेछ।
काठमाडौं । जेनजी आन्दोलनपछिको विकसित राजनीतिक घटनाक्रमकोे विश्लेषण र पार्टीभित्र आन्तरिक व्यवस्थापनबारे धारणा बनाउन प्रमुख दलले धमाधम बैठक बोलाएका छन् ।
नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा एकीकृत समाजवादी लगायतका राजनीतिक दलहरूले विकसित घटनाक्रमबारे पार्टीगत धारणा बनाउन र पार्टीभित्रै उठेको नेतृत्व पुनर्गठनको सवालमा निर्णय गर्न आन्तरिक बैठक बोलाएका हुन् ।
त्यसका लागि नेपाली कांग्रेसको असोज २६ गते केन्द्रीय कार्यसमिति बैठक बस्दैछ । बैठकमा समसामयिक राजनीतिक घटनाक्रम, फागुन २१ को प्रतिनिधि सभा निर्वाचन र पार्टी महाधिवेशनबारे छलफल र निर्णय हुने कांग्रेस नेता मीन विश्वकर्माले जानकारी दिए ।
नेपाली कांग्रेसमा महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशनको माग गर्दै हस्ताक्षर अभियान नै चलाएका छन् ।
जेनजी आन्दोलपछि सरकारको नेतृत्बाट हटेको नेकपा एमालेले केन्द्रीय सचिवालय बैठक र त्यसपछि केन्द्रीय कमिटी बैठक डाकेको छ । एमालेले असोज २४ गते सचिवालय र असोज २७, २८ र २९ गते केन्द्रीय समिति बैठक बोलाएको छ । ती बैठकमा एमालेले जेनजी आन्दोलनको समग्र समीक्षासहित भावी रणनीति बनाउने बताइएको छ ।
एमालेमा पनि नेतृत्व हस्तान्तरण र पार्टी पुनर्गठनको माग चर्को बन्दै गएको छ । सरकार र पार्टी दुवैको नेतृत्व गरेका अध्यक्ष ओलीको कार्यकालमा भएको जेनजी आन्दोलन र विध्वंसकारी घटनामा भएको कमजोरीको जिम्मेवारी लिएर अध्यक्ष ओलीले पद त्याग गर्नुपर्ने आवाज उठ्दै आएको छ । तर, अध्यक्ष ओली सहजै नेतृत्व छाड्न तयार भैसकेका छैनन् । बरु ओली अर्ली महाधिवेशन गराएर प्रतिस्पर्धामार्फत् नै नयाँ नेतृत्व चयन गर्ने पक्षमा उभिएको उनी निकट नेताहरूको भनाइ छ ।
यता जेनजी आन्दोलनपछि कांग्रेस, एमालेको तुलनामा चलायमान देखिएको नेकपा माओवादी केन्द्रको बैठक भने लगातार बसिरहेको छ । भदौ २३ गते गोरखा र काठमाडौँमा बैठक राखेको माओवादीले भदौ २४ गते काठमाडौँमा भर्चुअल बैठक राखेको थियो । त्यसपछि असोज ८ गते स्थायी कमिटी बैठक राखेको माओवादीले असोज ९ र १० केन्द्रीय कमिटी बैठक राखेर केन्द्रीय कमिटी भङ्ग गर्दै महाधिवेशन आयोजक कमिटी बनाएको थियो ।
माओवादीले आगामी मंसिरमा महाधिवेशन गर्ने निर्णय नै गरेको छ । त्यसपछि असोज १९ सचिवालय बैठक राखेको माओवादीले पार्टी एकताको तयारी गरिरहेको छ ।
एमालेबाट अलग्गिएर बनेको नेकपा एकीकृत समाजवादीले पनि लगातार पार्टी कमिटीको बैठक बोलाउने तयारी गरेको छ । यो पार्टीले असोज २४ गते केन्द्रीय सचिवालय बैठक बोलाएको छ भने सचिवालयपछि क्रमशः स्थायी कमिटी, पोलिटब्यूरो र केन्द्रीय कमिटी बैठक बोलाउने तयारी गरेको उपाध्यक्ष प्रकाश ज्वालाले जनाकारी दिए । एकीकृत समाजवादीले पार्टी एकताका लागि वार्ता टोली नै बनाइसकेको छ ।
निर्वाचनबारे अलमलमा एमाले–कांग्रेस
जेनजी आन्दोलनका समयमा सत्तामा रहेका कांग्रेस–एमाले नयाँ सरकार गठन र उक्त सरकारले घोषणा गरेको प्रतिनिधि सभा निर्वाचनप्रति अझै प्रस्ट छैनन् । उनीहरू निर्वाचन स्वीकार गरेर जाने वा विघटित प्रतिनिधि सभा पुनर्गठनका लागि अदालत जाने भन्ने दुविधामा देखिन्छन् । यी दुवै दलले प्रतिनिधि सभा विघटन र नयाँ सरकार गठनको प्रक्रियालाई असंवैधानिक भन्दै आएका छन् । तर माओवादी केन्द्र भने कांग्रेस–एमालेको तुलनामा निर्वाचनको पक्षमा स्पस्ट देखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नयाँ एआई मोडेल सार्वजनिक हुनुअघि सरकारलाई पहुँच दिन ट्रम्पको कार्यकारी आदेश
-
जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद् प्रतिबद्ध छ : सभामुख अर्याल
-
रोल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु
-
स्पेस एक्सको मूल्य १.७५ ट्रिलियन डलर पुगेको दाबी
-
कोरला नाकाबाट भित्रिएका थप २४ विद्युतीय गाडी नियन्त्रणमा
-
उत्तर कोरियाको आणविक दौड तीव्र
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण