निजामती अस्पतालमा औषधि कम्पनीका प्रतिनिधिको प्रवेशमा प्रतिबन्ध
सारांश
- निजामती कर्मचारी अस्पतालले औषधि कम्पनीका प्रतिनिधिहरूलाई चिकित्सकसँगको भेटघाटमा रोक लगाएको छ।
- अस्पतालले बिरामी सेवामा बाधा पुग्ने र नकारात्मक असर पर्ने भन्दै यस्तो निर्णय गरेको हो।
- यस आदेशको उल्लंघन गरेमा कम्पनीका प्रतिनिधि र कम्पनी दुवैलाई कारबाही गरिने चेतावनी दिइएको छ।
काठमाडौँ । निजामती कर्मचारी अस्पतालले औषधि कम्पनीका प्रतिनिधिहरूलाई चिकित्सकसँग भेटघाट गर्दै व्यावसायिक प्रचार गर्ने कार्य रोक्न निर्देशन दिएको छ।
अस्पतालले यस्तो गतिविधिले बिरामी सेवामा बाधा पुर्याउने र कार्य वातावरणमा नकारात्मक असर पर्ने भन्दै पुनः सूचना जारी गरेको हो। अब यस्ता कार्य दोहोरिएमा सम्बन्धित प्रतिनिधि र कम्पनीमाथि कारबाही हुने अस्पतालले चेतावनी दिएको छ।
‘अस्पताल जस्तो संवेदनशील स्थलको कार्य वातावरणमा समेत नकारात्मक असर पर्ने हुँदा अव उप्रान्त अस्पताल परिसरभित्र विभिन्न औषधि कम्पनीका व्यापारिक प्रतिनिधिहरूले आफ्नो कम्पनीको व्यावसायिक प्रवर्द्धन सम्बन्धी कार्य नगर्नु नगराउनु हुन भनी यस अघि सूचना प्रकाशन गरिसकेकोमा हाल पनि सो कार्य भइरहेको बुझिन आएकाले अब यस्ता कार्य भएको पाइएमा नियमानुसार कारबाही हुने ब्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ’, अस्पतालद्वारा सूचनामा भनिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण