रुसमा किन छ गुप्ताङ्गको रौँबाट बनाइएको विगको क्रेज ?
सारांश
- रुसमा गुप्ताङ्गको रौँबाट बनेको विगको क्रेज बढेको छ, जसले १९९० को दशकको प्राकृतिक लुकलाई पुन: जिवन्त बनाउन खोजेको छ।
- महिला र पुरुष दुवैले अनलाइन स्टोरहरूमा यस्ता विगहरू खोजिरहेका छन्, किनकि धेरैले स्थायी रूपमा कपाल हटाएका छन् र प्राकृतिक लुक चाहन्छन्।
- यस्ता विगहरूको मूल्य ६०० रूबल (७ डलर) देखि २०,००० रूबल (२४५ डलर) सम्म रहेको छ, जसलाई विशेष टाँस्ने पदार्थ प्रयोग गरेर लगाइन्छ।
मस्को । हामीले बजारमा अनेकौँ खालका विग देखिरहेका हुन्छौँ । तर रुसमा भने गुप्ताङ्गको रौँबाट बनाइएको विगको क्रेज पछिल्लो समय बढेको छ । रुसी महिलाहरूमा १९९० को दशकको प्राकृतिक लुक्सलाई पुनः जिवन्त बनाउने चाहना बढ्दै जाँदा यस्तो क्रेज बढेको हो । यसका लागि उनीहरूले २० हजार रूबल (झन्डै २४५ अमेरिकी डलर) सम्म खर्च गरिरहेका छन् ।
रुसी सञ्चार माध्यमका अनुसार पछिल्ला केही महिनाहरूमा रुसमा गुप्ताङ्गको रौँबाट बनाइएको विगको माग तीव्र रूपमा बढेको छ । महिलाहरूले मात्र होइन पुरुषहरूले पनि अनलाइन स्टोर र मार्केटप्लेसहरूमा यस्ता विगहरू खोजिरहेका छन् । यस्तो खालको विगको आवश्यकता कसैलाई किन पर्यो होला ? यो समाचारको हेडलाइन पढ्ने बित्तिकै तपाईंको मनमा पक्कै यो प्रश्न उठेको होला । तर यसको उत्तर सरल छ ।
अधिकांश प्रयोगकर्ताले पर्मानेन्ट हेयर रिमुभल गरिसकेका छन् । तर आफ्नो प्राकृतिक लुक पुनः अपनाउन चाहेकोले यस्तो विगको खोजी गर्न लागेका छन् । गुप्ताङ्गमा रौँ बढ्दै गर्दा हुने समस्या झेल्न नचाहनेका लागि पनि यस्ता विग उत्तम विकल्प बनेका छन् ।
यस्ता विगको मूल्य ६०० रूबल (करिब ७ डलर) देखि ५,००० रूबल (६१ डलर) सम्म पर्न सक्ने टेलिग्राम च्यानल म्याश न्यूजले दाबी गरेको छ । वास्तविक रौँबाट बनेका विशेष विगहरूको मूल्य भने २०,००० रूबल (२४५ डलर)बाट सुरु हुन्छ । यी विगहरूलाई टाँस्न शरिरको संवेदनशील भागहरूमा असर नगर्ने विशेष प्रकारको टाँस्ने पदार्थ प्रयोग गरिन्छ मोस्क्भा–२४ का अनुसार मस्कोका हेयर ट्रान्सप्लान्ट क्लिनिकहरूमा गुप्ताङ्गका रौँ स्थायी तरिकाले हटाइसकेका महिलाहरूले समेत रौँ ट्रान्सप्लान्ट गर्न थालेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक दशकभित्र सय अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छ : अध्यक्ष पाण्डे
-
एसएसपी अमरेन्द्र सिंहको कार्य विभागमा काज सरुवा
-
परराष्ट्रमन्त्री खनाल र भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार डोभालबिच भेटवार्ता
-
जुम्लामा मार्सीधान रोपाइँ गरिँदै
-
अनधिकृत रूपमा ‘डाक्टर’ लेख्ने विरूद्ध कारबाही प्रक्रिया अघि बढ्ने
-
त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण