नेपाल राष्ट्र बैंकद्वारा २ मनिचेञ्जरको इजाजतपत्र रद्द
बिहीबार, २३ असोज २०८२, ०७ : ३३
सारांश
- नेपाल राष्ट्र बैंकले दुई मनीचेन्जरको इजाजतपत्र रद्द गरेको छ।
- इजाजतपत्र नवीकरण नगरेको कारण युनियन करेन्सी एक्सचेन्ज र केटीएम ओम मनी एक्सचेन्जको इजाजतपत्र रद्द भएको हो।
- राष्ट्र बैंकले मनिचेन्जर इजाजतपत्र तथा निरीक्षण नियमावली अनुसार कारबाही गरेको जनाएको छ।
काठमाडौँ । नेपाल राष्ट्र बैंकले २ मनिचेञ्जरको इजाजतपत्र रद्द गरेको छ। एक सूचना जारी गर्दै बैंकले उनीहरूले तोकिएको समयमा इजाजतपत्र नवीकरण नगरेकोले इजाजतपत्र रद्द गरिएको जनाएको छ।
रद्द गरिएका मनिचेञ्जरहरूमा काठमाडौँ महानगर–२६ स्थित युनियन करेन्सी एक्सचेन्ज प्रालि र ठमेल स्थित केटीएम ओम मनि एक्सचेन्ज प्रालि रहेका छन् ।
मनिचेञ्जर इजाजतपत्र तथा निरीक्षण नियमावली, २०७९ (चौथो संशोधन सहित) को विनियम १९ को उप विनियम (३) मा भएको व्यवस्थाबमोजिम तोकिएको समयमा (म्याद समाप्त भएको मितिले तीन महिनाभित्र) नवीकरण गर्न नसकेकोले इजाजतपत्र रद्द गर्ने निर्णय भएको सूचनामा उल्लेख छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण