बाढी-पहिरोले अवरुद्ध छन् यी राजमार्ग
सारांश
- देशका विभिन्न राजमार्ग र सडकखण्डमा बाढीपहिरोका कारण आवागमन अवरुद्ध भएको छ।
- बीपी राजमार्ग, कोशी राजमार्ग, पासाङल्हामु राजमार्ग, मेची राजमार्ग लगायतका स्थानमा पहिरोका कारण यातायात प्रभावित छ।
- रसुवागढीस्थित मितेरी पुलमा बाढीले क्षति पुर्याउँदा नेपाल-चीन नाकाको आवागमन बन्द छ।
काठमाडौँ । बाढी-पहिरोको कारण देशका विभिन्न राजमार्ग तथा सडकखण्ड अझै अवरुद्ध छन् । नेपाल प्रहरीका अनुसार बीपी राजमार्गमा पर्ने काभ्रेपलान्चोकको रोशी गाउँपालिका ११ माम्तीखोला, बुलढुंगा र डालावेशी तथा सिन्धुलीको नेपालथोक खण्डमा पहिरोका कारण आवत–जावत अवरुद्ध रहेको छ ।
त्यस्तै कोशी राजमार्गमा पर्ने सङ्खुवासभाको मकालु गाउँपालिका ३ एकुवा र भोटखोला गाउँपालिका ४ बरूणमा खसेको पहिरोका कारण सवारी साधन चल्न सकेका छैनन् ।
यता पासाङल्हामु राजमार्गमा पर्ने रसुवाको गोसाईंकुण्ड गाउँपालिका २ स्थित घट्टेखोला, बालुवाखानी र तातोपानीमा खसेको पहिरोको कारण सवारी साधन चल्न सकेका छैनन् भने रसुवाको गोसाईंकुण्ड गाउँपालिका २ रसुवागढी स्थित नेपाल र चीन नाका जोड्ने मितेरी पुलमा गत असार २४ गते आएको बाढीले क्षति पुर्याएकाले सवारी आवागमन अवरुद्ध रहेको छ ।
मेची राजमार्गको इलाम खण्ड, तमोर कोरिडोर र कर्णाली कोरिडोरको हुम्ला र कालिकोट खण्ड पनि पहिरोको कारण अवरुद्ध रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कृषिमन्त्री चौधरी र मधेस प्रदेशका मुख्यमन्त्री यादवबिच भेट
-
युक्रेनको बन्दरगाहमा व्यापारिक जहाजमाथि हमला, ४ भारतीयको मृत्यु
-
महिलालाई थारु परिकार बनाउने सीप
-
नेपाल–रुस दौत्य सम्बन्धको ७०औँ वर्षगाँठ मनाइयो
-
वीरगञ्जमा मुख्य सडक विस्तार अभियान पुनः सुरु
-
वार्ताका लागि मध्यस्थकर्तामार्फत् कूटनीतिक च्यानल सक्रिय : इरान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण