कांग्रेस पदाधिकारी बैठकमा देउवा नआउने, डा. शेखरलाई बोलाइयो
सारांश
- नेपाली कांग्रेसको पदाधिकारी बैठकमा सभापति शेरबहादुर देउवा अनुपस्थित रहने भएका छन् ।
- उपसभापति पूर्णबहादुर खड्काले बैठक सञ्चालन गर्नेछन्, मुख्यसचिवका अनुसार देउवा बिरामी छन् ।
- बैठकमा पूर्वपदाधिकारी र डा. शेखर कोइरालालाई बोलाइएको छ, बैठकको एजेन्डा तय गर्न लागिएको हो ।
काठमाडौँ । नेपाली कांग्रेसको पदाधिकारी बैठकमा सभापति शेरबहादुर देउवा नआउने भएका छन् । देउवाको अनुपस्थितिमा उपसभापति पूर्णबहादुर खड्काले बैठक सञ्चालन गर्नेछन् ।
कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले दिउँसो १ बजे बोलाइएको बैठकमा सभापति देउवा आउने सम्भावना कम रहेको जानकारी दिए । ‘उहाँ बिरामी हुनुहुन्छ । त्यसैले आउने सम्भावना कम छ,’ मुख्यसचिव पौडेलले रातोपाटीसँग भने, ‘अहिले नै आउने/नआउने ठ्याक्कै भन्न सकिन्न ।’
जेनजी आन्दोलनका क्रममा सभापति देउवालाई भदौ २४ गते आन्दोलनकारीले आफ्नै निवास बूढानीलकण्ठमा घरबाट बाहिर निकाली कुटपिट गरेका थिए । कुटपिटबाट देउवाको गर्दनमा गहिरो चोट लागेको थियो । त्यो चोटमा १२ टाँका लगाइएको थियो ।
बैठक कहाँ बस्ने भन्ने स्थान पनि फिक्स नभएको पौडेलले बताए ।
पूर्वपदाधिकारी र डा. शेखरलाई पनि बोलाइयो
बैठकमा पूर्वपदाधिकारी र इतर समूहका नेता डा. शेखर कोइरालालाई बोलाइएको छ । पौडेलले डा. कोइरालालाई पदाधिकारी बैठकमा सधैँ बोलाउने गरिएको जानकारी दिए ।
असोज २६ गते आइतबार बोलाइएको केन्द्रीय कार्यसमिति बैठकको एजेन्डा तय गर्नका लागि पदाधिकारी बैठक बोलाइएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
-
डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरको कागजात अख्तियारको नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण