राष्ट्रियसभा अध्यक्षका स्वकीयको गाडी फिर्ता, सभामुखको प्रक्रियामा
सारांश
- सुशीला कार्की नेतृत्वको सरकारले अनावश्यक राजनीतिक नियुक्ति खारेज गर्ने निर्णय गरेपछि राष्ट्रियसभा अध्यक्षका स्वकीय सचिवले गाडी फिर्ता गरे।
- सङ्घीय संसद् सचिवालयले उपलब्ध गराएको गाडी सापकोटाले फिर्ता गरेको जानकारी प्रवक्ताले दिए।
- सभामुखका स्वकीय सचिवले भने अहिलेसम्म गाडी फिर्ता गरेका छैनन् र फिर्ता गर्ने विषयमा छलफल भइरहेको छ।
काठमाडौँ । सुशीला कार्की नेतृत्वको सरकारले अनावश्यक राजनीतिक नियुक्ति खारेज गर्ने र आवश्यक नियुक्ति पाएकाहरूको सेवा सुविधा खोस्ने निर्णय गरेपछि राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालका स्वकीय सचिव विष्णुप्रसाद सापकोटाले सङ्घीय संसद् सचिवालयले उपलब्ध गराएको गाडी फिर्ता गरेका छन् ।
सङ्घीय संसद् सचिवालयका प्रवक्ता सहसचिव एकराम गिरीले सचिवालयले उपलब्ध गराएको गाडी सापकोटाले फिर्ता गरेको जानकारी दिए ।
राष्ट्रियसभा अध्यक्षका स्वकीयलाई गाडी उपलब्ध गराउने कानुनी व्यवस्था नभए पनि सम्माननीयको स्वकीय राजपत्रांकित प्रथम श्रेणी सरह हुने र प्रथम श्रेणीका कर्मचारीलाई सरकारले गाडी उपलब्ध गराउने भएका हिसाबले सचिवालयले सापकोटालाई गाडी उपलब्ध गराएको थियो ।
त्यही हैसियतका सभामुख देवराज घिमिरेका स्वकीय सचिव तेजप्रसाद भट्टराईले भने सचिवालयले उपलब्ध गराएको गाडी फिर्ता गरेका छैनन् । सभामुख घिमिरेका प्रेस विज्ञ शेखर अधिकारीले भट्टराईले गाडी अहिलेसम्म फिर्ता नगरेको र फिर्ताका लागि छलफलमा रहेको जानकारी रातोपाटीलाई दिए । ‘उहाँले अहिलेसम्म फिर्ता गर्नुभएको छैन । के गर्ने छनेर छलफलमा हुनुहुन्छ,’ अधिकारीले भने ।
सङ्घीय संसद्का पूर्वपदाधिकारीहरूले मन्त्रिपरिषद्को निर्णयअनुसार पाएको गाडी सुविधा पनि धमाधम फिर्ता गरिरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
-
एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक
-
प्रहरी कर्मचारीलाई ट्राफिक नियन्त्रण तालिम
-
कांग्रेसले घोषणा गर्यो कल्याण कोष
-
फेवाताल किनारमा नकुहिने फोहोरको डङ्गुर (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण