विश्वकपमा फर्कियो इजिप्ट
बिहीबार, २३ असोज २०८२, १० : ५६
सारांश
- इजिप्ट फिफा विश्वकप २०२६ मा छनोट भएको छ, जसले सन् २०१८ पछि पहिलो पटक विश्वकपमा पुनरागमन गरेको छ।
- बुधबार राति भएको छनोट खेलमा जिबुटीलाई ३-० गोलले पराजित गर्दै इजिप्टले जित हासिल गर्यो।
- मोहम्मद सलाहले दुई गोल गरे भने इब्राहिम आदेलले एक गोल गरे, जसले इजिप्टलाई जित दिलायो।
काठमाडौँ । इजिप्ट फिफा विश्वकप २०२६ मा फर्किएको छ । साे देश अन्तिम पटक सन् २०१८ पछि पहिलोपटक विश्वकपमा फर्किएको हो ।
बुधबार राति भएको विश्वकप छनोटको नवौँ खेलमा जिबुटीलाई ३–० ले पराजित गर्दै इजिप्ट विश्वकपमा पुगेको हो ।
मोरक्कोको कासाब्लाङ्कामा भएको उक्त खेलमा इजिप्टलाई जित दिलाउन सलाहले दुई गोल गरे । त्यस्तै इब्राहिम आदेलले एक गोल गरे ।
जितसँगै ‘ए’ समूहको विजेता बनेर इजिप्टले विश्वकपमा स्थान सुनिश्चित गरेको छ । एक खेल बाँकी रहँदा नै इजिप्टको २३ अङ्क छ भने दोस्रो स्थानमा रहेको बुर्किना फासो १८ अङ्कमा सीमित छ ।
इजिप्टभन्दा अघि अफ्रिकी क्षेत्रबाट मोरक्को (‘ई’ समूह विजेता) र ट्युनिसिया (‘एच’ समूह विजेता) ले पनि विश्वकपमा स्थान पक्का गरिसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्यारामाउन्ट–वार्नर ब्रदर्स विलय सम्झौतामाथि अमेरिकी अदालतले लगायो अस्थायी रोक
-
यी हुन् मिर्गौला क्यान्सरका संकेत
-
पक्षपातको आरोपबारे अर्जेन्टिनी मिडफिल्डर भन्छन्, ‘हाम्रो मुस्कानले उनीहरूलाई बिझाउँछ’
-
राजधानीको कीर्तिपुरमा कारमा एक्कासि आगो लाग्यो, चालकको मृत्यु
-
रक्षा आपूर्ति शृङ्खला मजबुत बनाउन ट्रम्पको नयाँ आदेश, घरेलु उत्पादनमा जोड
-
आगामी दुई दिन भारी वर्षाको सम्भावना छैन: मौसम विभाग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण