सिभिल अस्पतालमा एमआरका व्यावसायिक गतिविधिमा रोक
सारांश
- निजामती कर्मचारी अस्पतालले मेडिकल प्रतिनिधिहरूलाई व्यावसायिक प्रवर्द्धन गतिविधि नगर्न निर्देशन दिएको छ।
- अस्पतालले नियम उल्लंघन गर्नेलाई कारबाही गर्ने चेतावनी दिएको छ, किनकि यस्ता गतिविधिहरू भइरहेका थिए।
- चिकित्सकहरूसँगको भेटघाटले बिरामीहरूलाई असुविधा भएको र अस्पतालको कार्य वातावरणमा नकारात्मक असर परेको बताइएको छ।
काठमाडौँ । निजामती कर्मचारी अस्पतालले अस्पताल परिसरभित्र विभिन्न औषधि कम्पनीका मेडिकल प्रतिनिधि एमआरहरुलाई व्यावसायिक प्रवर्द्धन सम्बन्धी कुनै पनि गतिविधि नगर्न/नगराउन निर्देशन दिएको छ ।
अस्पतालले यसअघि नै यस्ता कार्यहरूमा रोक लगाएको भएतापनि पुनः गतिविधि भइरहेको पाइएपछि नियम उल्लङ्घन गर्नेलाई कारबाही गर्ने चेतावनी दिएको हो ।
अस्पतालद्वारा जारी सूचनामा मेडिकल प्रतिनिधिहरूले ड्युटीमा रहेका चिकित्सकहरूसँग भेटघाट गर्दा उपचाररत बिरामीहरूलाई असुविधा भएको जनाएको छ । यसका साथै, अस्पताल जस्तो संवेदनशील स्थलको कार्य वातावरणमा समेत नकारात्मक असर परेको अस्पताल प्रशासनले जनाएको छ ।
‘अस्पताल परिसरभित्र विभिन्न औषधि कम्पनीका व्यापारिक प्रतिनिधिहरूले आफ्नो कम्पनीको व्यावसायिक प्रवर्द्धन सम्बन्धी कार्य नगर्नु नगराउनु हुन भनी यस अघि सूचना प्रकाशन गरिसकेकोमा हाल पनि सो कार्य भइरहेको बुझिन आएको छ,’ सूचनामा उल्लेख छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण