आईसीसी टी–ट्वान्टी विश्वकप
विश्वकप छनोट : मलेसियाद्वारा कतारलाई १२४ रनको लक्ष्य
बिहीबार, २३ असोज २०८२, १३ : ३१
सारांश
- आईसीसी टी-ट्वान्टी विश्वकप एसिया छनोटमा मलेसियाले कतारलाई १२४ रनको लक्ष्य दिएको छ।
- मलेसियाले पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १२३ रन बनायो।
- मलेसियाका विरन्दीप सिंहले ६२ रनको अर्धशतकीय पारी खेले भने कतारका मिर्जा मोहम्मद बेगले चार विकेट लिए।
काठमाडौँ । आईसीसी टी–ट्वान्टी विश्वकप एसिया तथा इस्ट एसिया प्यासेफिक छनोट अन्तर्गत मलेसियाले कतारलाई जितका लागि १२४ रनको लक्ष्य दिएको छ ।
अल इमिरेट्स क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १२३ रन बनायो । मलेसियाका लागि विरन्दीप सिंहले ६२ रनको अर्धशतकीय पारी खेले । ५४ बल खेलेका उनले ५ चौका र ३ छक्का प्रहार गरे ।
त्यस्तै मोहम्द हाजिक अैमानले रन २३ रन बनाउँदा सर्भिन मुनियान्डेले १४ रन बनाउन बाहेक अन्य कुनै ब्याटरले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।
कतारका लागि मिर्जा मोहम्मद बेगले सर्वाधिक चार विकेट लिए । त्यस्तै वैस अहमदले तीन विकेट लिँदा मुजिव उर रहमानको हातमा एक विकेट रह्यो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
-
डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरको कागजात अख्तियारको नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण