राजनीति
नक्कली आयोग मन्जुर छैन, प्रतिवेदन मानिँदैन : केपी ओली
बिहीबार, २३ असोज २०८२, १३ : ४८
सारांश
- केपी शर्मा ओलीले भदौ २३ र २४ गतेको घटना छानबिन गर्न बनेको आयोगलाई नक्कलीको संज्ञा दिए।
- ओलीले एमालेलाई यस्ता नाटक मन्जुर नभएको बताए, र आयोगको प्रतिवेदन नमान्ने कुरा पनि जनाए।
- ओलीले देश विकासको मार्गचित्र प्रस्तुत गरेर आएको बताए, एमाले चिचिपट खेलेर नआएको कुरामा जोड दिए।
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भदौ २३ र २४ गतेको घटना छानबिन गर्न बनेको गौरी बहादुर कार्की नेतृत्वको आयोगलाई नक्कलीको संज्ञा दिएका छन् ।
बिहीबार एमाले भक्तपुर जिल्ला कमिटीले गुण्डुमा आयोजना गरेको कार्यक्रममा बोल्दे ओलीले अयोगबारे यस्तो टिप्पणी गरेका हुन् ।
‘सम्पत्ति छानबिन गर्ने रे, एक पटक होइन दश पटक गर्नुस् । मन्त्रीज्यूहरु आफ्नै सम्पत्ति छानबिन गर्नुहुन्छ ?’, प्रश्न गर्दै ओलीले गजबको ड्रामा गरिएको बताए ।
‘यस्ता नाटक एमालेलाई मन्जुर र स्वीकार छैन’, ओलीको भनाई छ । ओलीले आयोगको प्रतिवेदन नमान्ने समेत बताए । ‘के गर्नुस् गर्नुस्’, उनले भने एमाले चिचिपट खेलेर नआएको भन्दै देश विकासको मार्गचित्र प्रस्तुत गरेर आएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संयुक्त विद्यार्थी संगठनले भने– त्रिविमा संवैधानिक व्यवस्था र लोकतान्त्रिक अधिकारमाथि हस्तक्षेप
-
१० बजे १० समाचार : रवि–बालेनकाे चेतावनीदेखि तत्कालका लागि वाम एकतामा पूर्णविरामसम्म
-
खाएको बिल नतिरेर होटलवालाई धम्की दिने एक जना पक्राउ
-
पाइलटले तालिम लिइरहँदा विमान दुर्घटना
-
पत्रकार महासङ्घ रुपन्देहीद्वारा ३ जना पत्रकार पुरस्कृत
-
बढ्दो सहरीकरणसँगै उपत्यकामा धान रोप्ने ठाउँको अभाव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण