अस्पताल भवन निर्माणमा ढिलाइ हुँदा उपचार सेवा प्रभावित
सारांश
- गुल्मीको तम्घासस्थित जिल्ला अस्पतालको नयाँ भवन निर्माणमा ढिलाइ हुँदा उपचार सेवा प्रभावित भएको छ।
- पुरानो भवनमा अपर्याप्त कोठा, चुहिने छानो र आइसियू सञ्चालन नहुँदा बिरामी र चिकित्सकलाई समस्या भएको छ।
- निर्माण व्यवसायीको ढिलासुस्तीका कारण भवन निर्माणको म्याद पटक-पटक थपिएको छ, तर कामले गति लिएको छैन।
तम्घास । नयाँ भवन निर्माणमा ढिलाइ हुँदा यहाँस्थित जिल्ला अस्पतालको उपचार सेवा प्रभावित बनेको छ । वि.सं २०७७ मा सदरमुकाम तम्घासमा ५० शय्याको नयाँ भवन निर्माण सुरु गरिएको थियो । पुरानो भवनमा साँघुरो गल्ली र साना कोठा मात्र छन् । छ वटा मात्रै बहिरङ्ग कक्ष छन् ।
‘भिडियो एक्सरे’ र शल्यक्रिया गर्ने ठाउँमा पानी चुहिन्छ । पानी चुहिँदा विद्युत् सट हुने गरेको छ । पुरानो टिनको छानाबाट सेवा दिनुपर्दा सेवा दिने र लिने दुवैलाई कठिनाइ भएको छ ।
नयाँ भवन नबन्दा ‘आइसियू’ समेत सञ्चालनमा ल्याउन नसकिएको अस्पतालका चिकित्सक विभव बस्यालले गुनासो गरे । ‘एउटै कक्षमा दुई/तीन जना डाक्टर बसेर सेवा दिनुपर्ने अवस्था छ’, उनले भने, ‘पुरानो भवनबाट सेवा दिन निकै अप्ठ्यारो छ ।’ डाक्टर बस्यालले हाल दैनिक चार सय सम्म बिरामी उपचारका लागि आउने गरेको बताए ।
भवन निर्माणमा ढिलाइ भएपछि रेसुङ्गा नगरपालिकाका प्रमुख, प्रमुख जिल्ला अधिकारी, अस्पताल विकास समितिलगायतले छिटो निर्माणको पहल गरे पनि निर्माण व्यवसायीले कामको गति अघि बढाएनन् ।
‘भारतबाट सामान मगाउनुपर्ने छ, आएको छैन भन्छन्’, अस्पताल विकास समितिका अध्यक्ष गोपाल पाण्डेले भने- ‘विभिन्न बाहानामा काममा ढिलाइ गरेका छन् ।’
सङ्घीय आयोजना कार्यान्वयन इकाई, रुपन्देहीमार्फत स्वच्छन्द÷बाँनिया जेभी मकवानपुरले अस्पताल निर्माणको जिम्मा पाएको थियो । भवनको कूल लागत रु २५ करोड ६४ लाख २०३ रुपैयाँ १७ पैसा छ । वि.सं २०७८ असार १८ गते भवन निर्माणको सम्झौता भएकामा त्यसको दुई वर्षभित्र अर्थात २०८० असार १७ गते काम सकिनुपर्ने थियो ।
पछिल्लो समय तीन पटक म्याद थप भई गत २०८१ पुससम्म थप गरिएको छ । आयोजनाका इन्जिनियर सुशील रसायलीले निर्माणको ८० प्रतिशत काम सकिएको जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षा र स्वास्थ्य समता शुल्क लागू नगर्ने सरकारको निर्णय
-
ढोरपाटन आवातजावतमा सास्ती
-
केन्द्रसँग अधिकार माग्ने प्रदेशहरू सरकार गठनका सवालमा किन गुहार्छन् केन्द्रलाई नै ?
-
युक्रेनलाई ६९ करोड डलर ऋण उपलब्ध गराउने आइएमएफकाे घोषणा
-
जल संरक्षणका लागि जलस्रोतमाथि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
-
प्रधानमन्त्रीसँगको छलफलपछि तयारी पोसाक उद्योगी उत्साहित : ‘मान्छे होइन, वस्तु निर्यात गरेर देश बन्छ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण