अपडेट
बीपी राजमार्गका नौ स्थानमा सडक मर्मत सकियो ,सात स्थानमा जारी
बिहीबार, २३ असोज २०८२, १४ : १८
काठमाडौँ । बाढीले क्षतिग्रस्त बीपी राजमार्गका नाै स्थानमा पुनर्निर्माण सम्पन्न भएको छ । सडक विभागले बिहीबार सार्वजनिक गरेको विवरण अनुसार अब ७ स्थानमा मर्मत कार्य जारी रहेको छ ।
बाढीले क्षति गरेको ३ हजार ८४२ मिटर सडकमध्ये १ हजार ८४५ मिटर सडक पुनर्निर्माण भइसकेको विभागले जनाएको छ ।
विभागका अनुसार डालाबेँसी ५ सय मिटर, कालढुंगा ४१०, नार्के ५० मिटर, गिम्दिबेँसी ५० मिटर, चार सय बेँसी घुमाउनेमा ८० मिटर, कटुन्जे घुमाउनेमा ३ सय मिटर, चौकीडाँडामा ३७५ मिटर र दाप्चा पुलमा ८० मिटरमा पुनर्निर्माण सम्पन्न भएको विभागले जनाएको छ ।
यस्तै गरी अब माम्ती ४ सय मिटर,अपर माम्ती २३५ मिटर, लोअर पिप्ले २२० मिटर, अपर पिप्ले २२० मिटर बोक्सीकुना २ सय, चिउसीवास १२० मिटर र चारसयबेँसीमा ३ सय मिटरमा मर्मत कार्य जारी रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाकिस्तानले अमेरिकासँग माग्यो १० अर्ब डलर
-
राष्ट्रिय भेलाले जे निर्णय गर्छ, त्यही अनुसार अगाडि बढौँ : जीतजंग बस्नेत
-
बीपी र पुष्पलालका विचार आज पनि उत्तिकै सान्दर्भिक छन् : जनार्दन शर्मा
-
कर्णालीमा कांग्रेस संसदीय दलको बैठक सुरु, के विषयमा हुँदै छ छलफल ?
-
वीपीको चिन्तन गर्न सक्ने पार्टी निर्माण आवश्यक छ : कुन्दनराज काफ्ले
-
बीपी र पुष्पलालको वैचारिक दृष्टिकोणलाई समकालीन यथार्थसँग जोडेर नयाँ राजनीतिक बहस चलाउनु पर्छ: प्रलोपा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण