कतारले मलेसियालाई हरायो
सारांश
- आईसीसी टी-ट्वान्टी विश्वकप छनोटमा कतारले मलेसियालाई ८ विकेटले पराजित गर्यो।
- कतारका जुबेर अलीले ६५ रनको अर्धशतकीय पारी खेले भने कप्तान मिर्जा मोहम्मद बेगले ३५ रन बनाए।
- मलेसियाका विरनदीप सिंहले ६२ रन बनाए भने मिर्जा मोहम्मद बेगले कतारका लागि सर्वाधिक चार विकेट लिए।
काठमाडौँ । आईसीसी टी–ट्वान्टी विश्वकप एसिया र इस्ट एसिया प्यासेफिक छनोटको खेलमा कतारले मलेसियालाई हराएको छ । बिहीबार भएको खेलमा कतारले मलेसियामाथि ८ विकेटको सहज जित निकालेको हो ।
अल इमिरेट्स मैदानमा मलेसियाले दिएको १२४ रनको लक्ष्य पछ्याएको कतारले १७ ओभर १ बलमा सम्पूर्ण विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो । कतारका लागि जुवेर अलीले ६५ रनको अर्धशतकीय पारी खेले । उनले नट आउट रहँदै ४४ बलमा २ चौका र ५ छक्का प्रहार गरे ।
त्यस्तै कप्तान मिर्जा मोहम्मद बेगले ३५ रन बनाउँदा इमाल लियान्गेले १६ रनको योगदान गरे । बलिङतर्फ मलेसियाका लागि किजार हायात र विरनदीप सिंहले एक एक विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १२३ रन बनाएको थियो । मलेसियाका लागि विरनदीपले ६२ रनको अर्धशतकीय पारी खेलेका थिए ।
५४ बल खेलेका उनले ५ चौका र ३ छक्का प्रहार गरे । त्यस्तै मोहम्मद हाजिक आमानले २३ रन बनाउँदा सर्भिन मुनियन्डेले १४ रन बनाउन बाहेक अन्य कुनै ब्याटरले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।
बलिङतर्फ कतारका लागि मिर्जा मोहम्मद बेगले सर्वाधिक चार विकेट लिए । चार ओभर बलिङ गरेका उनले १७ रन खर्चे । त्यस्तै विस अहमदले तीन विकेट लिँदा मुजिव उल रहमानको नाममा १ विकेट रह्यो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण