समाचार
डा निकोलस भुसालको स्वास्थ्य जाँच गर्दा गाँजा सेवन गरेको पुष्टि भयो : प्रहरी
बिहीबार, २३ असोज २०८२, २१ : ०७
सारांश
- डा. निकोलश भुसालको स्वास्थ्य जाँचमा लागू औषध गाँजा सेवन गरेको पुष्टि भयो।
- बिहीबार माइतीघरमा प्रदर्शनको क्रममा पक्राउ परेका भुसालको गाँजा सेवन पुष्टि भयो।
- प्रहरीले उनलाई सुधार गृहमा राख्ने सर्तमा दाजुको जिम्मा लगाएर रिहा गरेको छ।
काठमाडौँ । आफूलाई अभियन्ता र देशको प्रधानमन्त्रीकै दाबेदारको रूपमा प्रस्तुत गर्दै आएका डा निकोलश भुसालको स्वास्थ्य जाँच हुँदा लागू औषध गाँजा सेवन गरेको पुष्टि भएको छ ।
बिहीबार राजधानीको माइतीघरमा भएको प्रदर्शनका क्रममा पक्राउ परेका उनको स्वास्थ्य जाँच गर्दा लागु औषध गाँजा सेवन गरेको पुष्टि भएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन कुमार भट्टराईले जानकारी दिए ।
उनले लागू औषध सेवन गरेको पुष्टि भएसँगै सुधार गृहमा राख्ने सर्तमा दाइको जिम्मा रिहा गरिएको भट्टराईले बताए ।
आजै माइतीघरबाट पक्राउ परेका उनीसहित सबै ४४ जनालाई रिहा गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण