एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै, यस्ता छन् छलफलका एजेण्डा
शुक्रबार, २४ असोज २०८२, ०९ : ३०
सारांश
- एकीकृत समाजवादीको स्थायी समिति बैठकको मिति तय गर्न आज सचिवालय बैठक बस्दैछ।
- बैठकमा मुलुकको वर्तमान अवस्था, राजनीतिक घटनाक्रम र आगामी निर्वाचनबारे छलफल हुनेछ।
- पार्टीले आगामी फागुनमा हुने चुनावमा सहभागी हुने र समान विचार भएका दलहरूसँग एकता गर्ने जनाएको छ।
काठमाडौँ । एकीकृत समाजवादीको स्थायी समिति, पोलिटब्युरो र केन्द्रीय समिति बैठकको मिति तय गर्न सचिवालय बैठक आज बस्दै छ ।
बैठकमा मुलुकको वर्तमान अवस्था, विकसित राजनीतिक घटना, वाम–समाजवादी पार्टीहरूबीचको एकता, आगामी निर्वाचनलगायत विषयमा छलफल हुने पार्टी प्रवक्ता प्रकाश ज्वालाले जानकारी दिए ।
लोकतान्त्रिक प्रणाली रक्षाका लागि आगामी फागुनमा हुने चुनावमा सहभागी हुने जनाएको पार्टीले र निष्पक्ष निर्वाचनमा जोड दिएको छ ।
समान विचार भएका दलहरुबीच सहकार्य तथा एकताको विषय बैठकबाट अनुमोदन हुनेछ । पार्टीले समाजवादी मोर्चामा गोलबद्ध दलसँग एकताको टुङ्गो केही दिनमा लगाउने उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नागरिकमा चर्को असन्तुष्टि छ, सम्बोधन नभए विस्फोट हुन्छ : गगन थापा
-
भक्तपुरमा विश्वकप फुटबलको फाइनल हेर्ने क्रममा कुटाकुट, एक जनाको मृत्यु
-
बालेनले घोषणा गरेको शिक्षा र स्वास्थ्यको कर फिर्ता गर्ने के छ प्रक्रिया ?
-
ऋण असुलीबाट दुई समस्याग्रस्त सहकारीका १२५ जना बचतकर्ताको रकम फिर्ता
-
नितेश तिवारीको ‘रामायण’मा अनुपम खेरको इन्ट्री
-
शिक्षामन्त्रीसँग अमेरिकी कार्यवाहक राजदूतको शिष्टाचार भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण