बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय

एलिनाको प्रश्न : के हरेक कुराको प्रमाण माग्नु आवश्यक छ ?

शुक्रबार, २४ असोज २०८२, १० : १२
शुक्रबार, २४ असोज २०८२

सारांश

  • गायिका एलिना चौहानले आफ्नोबारे अनावश्यक टिप्पणी रोक्न आग्रह गरेकी छिन्।
  • प्रताप दाससँगको सम्बन्धबारे टिप्पणी आएपछि उनले दाइ-बहिनीको सम्बन्ध पवित्र रहेको बताइन्।
  • एलिना र प्रताप हाल अमेरिका टुरमा छन् र सामाजिक सञ्जालमा तस्बिर र भिडियो सार्वजनिक गरिरहेका छन्।

काठमाडौँ । गायिका एलिना चौहानले आफ्नो विषयमा भइरहेको अनावश्यक आरोप र अफवाह रोक्न सबैमा अनुरोध गरेकी छन् । गायक प्रताप दाससँग नाम जोड्दै ‘सुन्दर जोडी’को रुपमा टीकाटिप्पणी भइरहेपछि उनले यस्तो धारणा राखेकी हुन् ।

उनी सामाजिक सञ्जालमा लेख्छिन्, ‘के हरेक कुराको प्रमाण माग्नु आवश्यक छ ? दाइ–बैनीको सम्बन्ध हामीले पवित्र रूपमा निभाएका छौँ । कृपया अनावश्यक आरोप र अफवाह फैलाउन रोक्नुहोस् र हामीलाई शान्ति दिनुहोस् ।’

एलिना र दास अहिले अमेरिका टुरमा छन् । अमेरिकाको साङ्गीतिक टुरका बिच उनीहरुले सामाजिक सञ्जालमा विभिन्न नाचगानका भिडियो र फोटो हालिरहेका छन् ।

यस्तोमामा उनीहरूलाई कतिपय सामाजिक सञ्जालका प्रयोगकर्ताले ‘सुन्दर जोडी’ भन्दै प्रशंसा गरिरहेका छन् । कतिपयले चाँडै विवाह गर्नुपर्‍यो भन्दै कमेन्ट गर्ने गरेका छन् । 

एलिना र प्रताप दुवैले आफूबारे आएका कमेन्टमा टिप्पणीमा दाजुबहिनी भएको जवाफ फर्काउँदै आएका थिए । केही दिन अगाडि पनि उनीहरुले  आलोचकलाई जवाफका तिहार गीत ल्याउने बताएका थिए । जसको सार्वजनिक भिडियो क्लिपमा यी दुईलाई भाइटीका लगाएको देख्न सकिन्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप