गोरखामा लेक लागेर युवकको मृत्यु
शुक्रबार, २४ असोज २०८२, १४ : ३७
सारांश
- मनास्लु पदमार्गमा लेक लागेर भक्तपुरका २३ वर्षीय युवकको मृत्यु भयो।
- युवक लार्के जाँदै गर्दा चुमनुब्री गाउँपालिका-१ धर्मशालामा बिरामी परेका थिए।
- शव सामागाउँमा ल्याइएको छ र हेलिकप्टरबाट काठमाडौं पठाउने तयारी छ।
गोरखा । मनास्लु पदमार्गअन्तर्गत लार्केतर्फ जाने क्रममा लेक लागेर एक युवकको मृत्यु भएको छ । भक्तपुरको मध्यपुर नगरपालिकाका २३ वर्षीय रोहन प्रजापतिको बिहीबार दिउँसो लेक लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिए ।
प्रजापति आफ्ना साथीहरुसहित मनास्लु पदमार्ग हुँदै लार्के जाने क्रममा बिहीबार उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–१ धर्मशाला पुगेका थिए ।
‘लार्के पार गर्ने क्रममा प्रजापतिको लेक लागेर ज्यान गएको हो । अन्य चार जना मनाङतर्फ झरेका छन्’, उनले भने । प्रजापतिको शव सामागाउँ ल्याइएको र हेलिकोप्टरमार्फत काठमाडौँ पठाउने तयारी भइरहेको प्रहरी नायव उपरीक्षक श्रेष्ठले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण