मानव–हात्ती द्वन्द्व : दुई दशकयता ७२ जनाको मृत्यु
सारांश
- झापामा दुई दशकमा हात्तीको आक्रमणबाट ७२ जनाको मृत्यु भएको छ।
- गैरकानुनी विद्युतीय धरापमा परेर १४ हात्तीको मृत्यु भएको डिभिजन वन कार्यालयले जनाएको छ।
- अन्नबाली जोगाउन किसानले जथाभावी विद्युतीय तारबार लगाउँदा मानव र हात्ती दुवैको ज्यान जोखिममा परेको छ।
झापा । यहाँ विगत दुई दशकयता मानव-हात्ती द्वन्द्वका कारण ७२ जनाको मृत्यु भएको छ । त्यस्तै, २६ वटा हात्ती मरेकामा गैरकानुनी रूपमा राखिएका विद्युतीय धरापले मात्रै १४ हात्ती मरेका छन् ।
डिभिजन वन कार्यालयका प्रमुख भरतबाबु श्रेष्ठले यस अवधिमा हात्तीको आक्रमणमा परी ७२ जनाको मृत्यु भएको बताए । यस्तै, खोज, अनुसन्धान तथा ‘पोस्टमार्टम रिपोर्ट’का आधारमा १४ हात्ती गैरकानुनी विद्युतीय धरापले मरेको पाइएको उनले जानकारी दिए ।
प्रमुख श्रेष्ठले तत्काल जथाभावी रूपमा टाँगिएका तारवारलाई नियन्त्रणमा नलिए हात्ती मात्र नभई मानवीय क्षतिको जोखिमसमेत बताए । ‘जङ्गली हात्ती प्रभावित क्षेत्रमा स्थानीयवासीले गैरकानुनी रूपमा नाङ्गो विद्युतीय घेराबार राख्ने प्रवृत्ति छ । हात्तीका लागि यो निकै चुनौतीपूर्ण रहेको तथ्यले नै पुष्टि गरिसकेको छ’, प्रमुख श्रेष्ठले भने- ‘स्थानीय पालिका र विद्युत् प्राधिकरणलाई समस्या समाधानका लागि पत्राचारसमेत गरिसकेका छौँ । आफ्नो अन्नबाली तथा घरगोठको सुरक्षा गर्ने नाउँमा किसानले जथाभावी नाङ्गो विद्युतीय तारवार लगाउने कार्य तत्काल बन्द गर्नुपर्छ ।’
उनले सरोकार भएकाहरूलाई घरदैलोमै भेटेर विद्युतीय धराप नराख्न आग्रह गर्दासमेत बेवास्ता गरेको गुनासो गरे । ‘काठ र बासँका किलामा अड्याइएका असुरक्षित तारमा अधिकांश मानिसले रातभर विद्युत् प्रवाह गरी दिएका हुन्छन् । बेलुका सुत्ने बेलामा करेन्ट प्रवाह गर्ने र बिहानीपख उज्यालो भएपछि बन्द गर्ने डरलाग्दो काम भइरहेको छ । यसले हात्ती मात्रै होइन, मानवीय क्षति हुने जोखिम छ’, कार्यालय प्रमुख श्रेष्ठले भने ।
यहाँ भारतबाट समेत हात्ती आउने गरेका छन् । त्यस क्रममा मानव–हात्ती द्वन्द्व हुने गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान
-
एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने
-
स्वास्थ्य मन्त्रालयका सचिव डिल्लीराम शर्माको सरुवा
-
एन्थ्रोपिकका सह–संस्थापकको चेतावनीः एआईलाई ‘ब्रेक पेडल’ चाहिन्छ
-
काठमाडौँमा २७.५ किमी रेलमार्गको डीपीआरका लागि अन्तर्राष्ट्रिय प्रस्ताव आह्वान
-
अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा बढी प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण