प्रशासनको सूचनापछि युवा संघको टोली पुग्यो सीडीओ कार्यालय
सारांश
- काठमाडौं जिल्ला प्रशासन कार्यालयले शनिबार मोटरसाइकल र्याली तथा सभा-प्रदर्शनमा प्रतिबन्ध लगाएको छ।
- एमाले निकट राष्ट्रिय युवा संघका अध्यक्ष क्षितिज थेवे छलफलका लागि जिल्ला प्रशासन कार्यालय पुगेका छन्।
- युवा संघले परिवर्तित राजनीतिक घटनाक्रमपछि शनिबार काठमाडौंमा मोटरसाइकल र्याली निकाल्ने घोषणा गरेको थियो।
काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले शनिबारका लागि विभिन्न समूहले आयोजना गर्न लागेको भनिएका मोटरसाइकल ¥याली तथा सभा–प्रदर्शनहरूमा प्रतिबन्ध लगाएपछि एमाले निकट राष्ट्रिय युवा संघको नेतृत्व जिल्ला प्रशासन कार्यालय काठमाडौँ पुगेको छ ।
जिल्ला प्रशासन कार्यालयले शुक्रबार सूचना जारी गर्दै शनिबार विभिन्न समूहहरूले काठमाडौँका फरक–फरक स्थानमा मोटरसाइकल र्याली र सभा गर्ने जानकारी प्राप्त भएको उल्लेख गर्दै यस्ता कार्यक्रम गर्न स्वीकृति नदिने निर्णय गरिएको जनाएको थियो । त्यसलगत्तै कुरा गर्न आफूहरू जिल्ला प्रशासन कार्यालय काठमाडौँ पुगेको राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष क्षितिज थेवेले जानकारी दिए ।
‘हामी अहिले छलफलका लागि प्रशासन कार्यालय आएका छौँ’, थेवेले भने– ‘छलफलपछि थप जानकारी गराउँछौ ।’ एमाले निकट युवा सङ्घले परिवर्तित राजनीतिक घटनाक्रमपछि शनिबार काठमाडौँमा मोटरसाइकल र्याली निकाल्ने घोषणा गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण