भ्रातृसंस्था भङ्ग र देउवाको सम्मानजनक बिदाइ गर्न बलबहादुर केसीको माग
सारांश
- बलबहादुर केसीले संकटको बेला एकजुट हुन नसकेको भन्दै पार्टीका भ्रातृ संस्थाहरू भङ्ग गर्नुपर्ने बताए।
- उनले शेरबहादुर देउवाको नेतृत्वमा निर्वाचनमा जान नसकिने र नयाँ सभापति चयन गर्नुपर्ने धारणा राखे।
- केसीले जेनजी आन्दोलनको गम्भीर समीक्षा हुनुपर्ने र यसलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय शक्ति केन्द्रको डिजाइन भने।
काठमाडौँ । नेपाली कांग्रेसका नेता बलबहादुर केसीले सङ्कटको बेलामा एकजुट भएर काम गर्न नसकेको भन्दै पार्टीका सम्पूर्ण भ्रातृ संस्था केन्द्रदेखि गाउँसम्म भङ्ग गर्नुपर्ने प्रस्ताव राखेका छन् । पार्टीको पदाधिकारी र पूर्वपदाधिकारी बैठकमा शुक्रबार धारणा राख्दै नेता केसीले चुस्तदुरुस्त काम गर्न सक्ने सानो समिति बनाउनुपर्ने बताए ।
साथै, उनले पार्टीका वर्तमान स्थानीयदेखि केन्द्रीय समिति पनि भंग गरेर सानो र चुस्त तदर्थ समिति बनाएर अघि बढ्नुपर्ने बताए ।
उनले बैठकमा सरकारले घोषणा गरेको निर्वाचनमा शेरबहादुर देउवा नै सभापति भएर जान नसकिने बताए । ‘सभापतिजीको सम्मानजनक बिदाइ हुनुपर्छ । नयाँ सभापति लिएर मात्रै निर्वाचनमा जानुपर्छ । वर्तमान सभापतिको नेतृत्वमा जान सकिन्न,’ केसीले बैठकमा धारणा राख्नेक्रममा भनेका थिए ।
त्यस्तै केसीले गत भदौ २३ र २४ को जेनजी आन्दोलनको बारेमा पार्टीमा अलग्गै समीक्षा गरेर मात्रै अरू निर्णय गर्नुपर्ने बताए । उनले यो घटना जेनजीको तागतले मात्रै सम्भव नभएको भन्दै त्यसबारेमा पार्टीमा गम्भीर समीक्षा गरिनुपर्ने बताए ।
‘जेनजीका माग भ्रष्टाचारको अन्त्य, सामाजिक सञ्जाल चल्न दिनुपर्ने र सुशासन थिए,’ केसीले बैठकमा भनेका थिए, ‘तर, त्यस विपरीत आन्दोलनका क्रममा तोडफोड र आगजनी भयो । संविधान समाप्त गर्ने, राष्ट्रिय धरोहरमा आगजनी गरेर ध्वस्त पार्ने तथा प्रजातन्त्रका हस्तीहरूका निवास कोइराला निवास, गणेशमान सिंह निवास किसुनजीको आश्रमको जलायने काम भयो । त्यो राष्ट्रिय र अन्तर्राष्ट्रिय शक्ति केन्द्रको डिजाइनमा भएको छ, यसबारे गम्भीर विश्लेषण हुनुपर्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिविको ६७ औँ वार्षिकोत्सव : दीर्घसेवा पदक वितरण
-
राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण