‘सिनेपा’ स्टुडियोका लागि ३ करोड सरकारी अनुदान
चलचित्र विकास बोर्ड र सूचना प्रविधि मन्त्रालयबिच सम्झौता
शुक्रबार, २४ असोज २०८२, २१ : १९
काठमाडौँ । नेपाली चलचित्र क्षेत्रको पूर्वाधार विकासतर्फ महत्त्वपूर्ण कदमका रूपमा काभ्रेको बनेपामा निर्माण हुँदै गरेको अत्याधुनिक सुविधा सम्पन्न ‘सिनेपा स्टुडियो’ का लागि नेपाल सरकारले ३ करोड रुपैयाँको अनुदान प्रदान गर्ने भएको छ।
शुक्रबार सञ्चार तथा सूचनाप्रविधि मन्त्रालयका योजना, अनुगमन तथा मूल्याङ्कन शाखाका उपसचिव रामकृष्ण अर्याल र चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसीबिच सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
‘सिनेपा’ स्टुडियो नेपाली चलचित्र उद्योगलाई प्राविधिक रूपमा सशक्त बनाउन, फिल्म निर्माताहरुलाई एकीकृत स्थानमा सम्पूर्ण सेवा प्रदान गर्न र अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्षम बनाउन लक्षित परियोजना हो।
यसमा अत्याधुनिक फिल्म छायाङ्कन, ध्वनि रेकर्डिङ, सम्पादन, भिजुअल इफेक्ट्स, कलर ग्रेडिङ र पोस्ट–प्रोडक्सन सुविधाहरू रहनेछन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण