अफ्रिकामा सन् २०२४ मा एमपक्स सङ्क्रमित दुई हजारभन्दा बढीको मृत्यु
सारांश
- अफ्रिकामा एमपक्स प्रकोपबाट हालसम्म २ हजारभन्दा बढीको मृत्यु भएको छ, जसमा २ लाखभन्दा बढी सङ्क्रमित छन्।
- सन् २०२४ मा एमपक्सका शङ्कास्पद सङ्क्रमण १ लाख ९८ हजार ७४९ र पुष्टि भएका सङ्क्रमित ५४ हजार ५२५ पुगेका छन्।
- पछिल्लो हप्ता एमपक्स सङ्क्रमितको सङ्ख्या घटेर ५६० पुगेको छ, तर यो रोग शरीरको तरल पदार्थबाट सर्छ।
इथियोपिया । सन् २०२४ को सुरुदेखि अफ्रिकामा फैलिएको एमपक्स प्रकोपबाट मृत्यु हुनेको सङ्ख्या अहिलेसम्म दुई हजारभन्दा बढी पुगेको अफ्रिका सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (अफ्रिका सिडिसी) ले जनाएको छ।
सिडिसीका अनुसार अफ्रिकामा एपक्स सङ्क्रमितको सङ्ख्या अहिलेसम्म दुई लाखको नजिक पुगेको छ।
बिहीबार साँझ पत्रकार सम्मेलनमा बोल्दै अफ्रिका सीडीसीका चिफ अफ स्टाफ र कार्यकारी प्रमुख ङाशी एनगोगोले भने, “एमपोक्स प्रभावित २९ अफ्रिकी देशहरूले सन् २०२४ को सुरुदेखि अहिलेसम्म एक लाख ९८ हजार ७४९ व्यक्तिमा एमपक्सको शङ्कास्पद सङ्क्रमण रिपोर्ट गरिएको छ भने ५४ हजार ५२५ व्यक्तिमा सङ्क्रमण पुष्टि भएको र एमपक्स सङ्क्रमित दुई हजार ६६ जनाको मृत्यु भएको छ।”
अफ्रिकी सङ्घको विशेष स्वास्थ्य सेवा निकायको तथ्याङ्कले अफ्रिकामा सन् २०२५ मा अहिलेसम्म एक लाख १८ हजार ४५२ शङ्कास्पद एमपक्स सङ्क्रमित भेटिएका बताइएको छ र यो गत वर्षको कुल ८०,२९७ भन्दा बढी हो।
यस वर्ष रिपोर्ट गरिएको पुष्टि गरिएको एमपक्स केसहरूको सङ्ख्या ३४ हजार ८१२ हो पुगेको छ र यो गत वर्षको कुल १९ हजार ७१३ पुष्टि भएको सङ्ख्याभन्दा लगभग १७७ प्रतिशत बढी हो।
पछिल्लो तथ्याङ्क अनुसार पछिल्लो एक हप्तामा पुष्टि भएका एमपक्स सङ्क्रमित व्यक्तिको सङ्ख्या भने ६५.४ प्रतिशतले घटेको छ । मेमा रेकर्ड गरिएको साप्ताहिक एक हजार ६२० सङ्क्रमित सङ्ख्याबाट झरेर गत हप्ता ५६० कायम भएको छ। घट्दो साप्ताहिक सङ्क्रमित दरका बीच सक्रिय सङ्क्रमित घटना रिपोर्ट गर्ने देशहरूको सङ्ख्या पनि गत हप्तामा घटेर १४ मा झरेको थियो। अघिल्लो हप्तामा सक्रिय एमपक्स–प्रभावित देशहरूको यो सङ्ख्या १७ रहेको थियो ।
पहिले मङ्कीपक्स भनेर चिनिने एमपक्स पहिलो पटक सन् १९५८ मा प्रयोगशालामा बाँदरमा देखिएको थियो । यो एक दुर्लभ भाइरल रोग हो जुन सामान्यतया शरीरको तरल पदार्थ, श्वासप्रश्वासमा आउने थुकका छिटा र दूषित सामग्रीहरू मार्फत सर्छ। सङ्क्रमणपछि बिरामीमा प्रायः ज्वरो आउने र डाबर देखिने गर्छ ।
अफ्रिका सिडिसीले सन् २०२४ अगस्टमा प्रकोपलाई महाद्वीपीय सुरक्षाको सार्वजनिक स्वास्थ्य आपत्काल घोषणा गरेको थियो । यसलाई पछि विश्व स्वास्थ्य सङ्गठनले अन्तर्राष्ट्रिय चासोको सार्वजनिक स्वास्थ्य आपत्काल घोषणा गरेको थियो।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण