सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

एमाले सचिवालय बैठक आज पनि बस्दै

शनिबार, २५ असोज २०८२, ०६ : २४
शनिबार, २५ असोज २०८२

सारांश

  • एमालेको सचिवालय बैठक भक्तपुरमा अध्यक्ष केपी शर्मा ओलीको निवासमा बस्ने भएको छ।
  • हिजोको बैठकमा महाधिवेशन छिट्टै आयोजना गर्ने र नयाँ ढङ्गले अगाडि बढ्ने निष्कर्ष निकालियो।
  • बैठकमा भदौ २३ र २४ को जेनजी आन्दोलनबारे समीक्षा गरियो र एकताको वातावरण बनाउनुपर्ने निष्कर्ष निकालियो।

भक्तपुर । नेपाल कम्युनिस्ट पार्टी (एमाले)को सचिवालय बैठक आज पनि बस्ने भएको छ । भक्तपुरको गुण्डुस्थित अध्यक्ष केपी शर्मा ओलीको निवासमा बिहान ११ बजे बैठक सुरु हुने पार्टी उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए । 

यसअघि हिजो बसेको सचिवालय बैठकमा पार्टीको महाधिवेशन छिट्टै आयोजना गर्ने विषयमा छलफल भएको थियो । हिजोको बैठकले पार्टीको महाधिवेशनको माध्यमबाट अहिले उठेका सबै प्रश्नको जवाफ खोज्नुपर्ने र महाधिवेशनको माध्यमबाट नयाँ ढङ्गले अगाडि जाने निष्कर्ष निकालेको ज्ञवालीले बताए । 

बैठकमा भदौ २३ र २४ को जेनजी आन्दोलनबारे सविस्तार समीक्षा गरिएको नेता ज्ञवालीले जानकारी दिए । सरकारले राष्ट्रिय एकता कायम गर्नुपर्ने, दललाई निषेध नगरी एकता बनाएर जानु पर्ने र सिङ्गो देशलाई एक ठाउँमा उभ्याएर एकताको वातावरण सृजना गर्नुपर्ने निष्कर्ष हिजोको बैठकले निकालेको ज्ञवालीको भनाइ थियो । 

आजको बैठकमा महाधिवेशनको मिति तोक्नेबारे छलफल केन्द्रित हुनेछ। पार्टीको केन्द्रीय कमिटी बैठक असोज २९ देखि ३१ गतेसम्मका लागि तय भएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप