कामना सेवा विकास बैंकको अध्यक्षमा पुनः सुदीप आचार्य
शनिबार, २५ असोज २०८२, १० : १५
सारांश
- कामना सेवा विकास बैंकको अध्यक्षमा सुदीप आचार्य पुनः चयन भएका छन्।
- बैंकको १९ औं वार्षिक साधारण सभाले आचार्यलाई अध्यक्षमा निर्वाचित गर्यो।
- नयाँ सञ्चालक समितिमा आचार्यसहित अन्य सदस्यहरू पनि चयन भएका छन्, जसको कार्यकाल ४ वर्षको हुनेछ।
काठमाडौँ । कामना सेवा विकास बैंक लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा सुदीप आचार्य दोहोरिएका छन् ।
शुक्रबार सम्पन्न बैंकको १९ औँ वार्षिक साधारण सभाबाट सञ्चालकमा नियुक्त भएका उनलाई लगत्तै बसेको सञ्चालक समितिको ४०१ औं बैठकले आचार्यलाई अध्यक्षमा निर्वाचित गरेको हो । उनी यसअघि पनि बैंकको अध्यक्ष थिए ।
बैंकको साधारण सभाले संस्थापक समूहअन्तर्गत आचार्य, भिम प्रसाद तुलाचन, चतुराखर अधिकारी र सर्वसाधारण समूहअन्तर्गत बलराम बराल, विश्वेश्वर सुवेदी र डा। पवनकुमार शर्मा निर्विरोध चयन गरेको छ । उनीहरुको कार्यकाल ४ वर्षको हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण