सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

नवाजुद्दीनको १०० करोडको मानहानि मुद्दा खारेज

शनिबार, २५ असोज २०८२, १३ : ०२
शनिबार, २५ असोज २०८२

सारांश

  • बम्बे उच्च अदालतले अभिनेता नवाजुद्दीन सिद्दीकीको मानहानि मुद्दा खारेज गरेको छ, किनभने उनी सुनुवाइमा उपस्थित भएनन्।
  • नवाजुद्दीनले आफ्ना भाइ र पत्नीले आफ्नो छवि बिगारेको आरोप लगाएका थिए, तर अदालतमा उपस्थित नभएपछि मुद्दा खारेज भयो।
  • मुद्दा आर्थिक विवादका कारण दायर गरिएको र अब कानुनी रूपमा बन्द भए पनि दुई पक्षबीचको सम्बन्धमा तनाव कायमै छ।

मुम्बई । अदालतबाट बलिउड अभिनेता नवाजुद्दीन सिद्दीकीलाई ठुलो झट्का लागेको छ। उनी सुनुवाइका क्रममा अदालतमा उपस्थित नभएपछि बम्बे उच्च अदालतले उनका भाइ शमसुद्दीन सिद्दीकी र पत्नीविरुद्ध दायर गरेको १०० करोड भारतीय रुपैयाँको मानहानि मुद्दा खारेज गरिदिएको हो।

उनका भाइ र पत्नीले झूटा र बदनाम गर्ने बयानहरू फैलाएर उनको छविलाई क्षति पुर्‍यायो र उनलाई ठुलो मानसिक र सामाजिक हानि भएको नवाजुद्दीनको आरोप थियो । तर यो मुद्दामा नवाजुद्दीन र उनका वकिलहरू धेरै पटक अदालतमा उपस्थित भएनन्। जसकारण अदालतले उक्त याचिकालाई खारेज गरेको हो।

शमसुद्दीन सिद्दीकीका वकिल अली काशिफ खान देशमुखले नवाजुद्दीनले दायर गरेको यो मुद्दा पूर्ण रूपमा निराधार र दाबीविहीन रहेको बताए। उनले यो याचिका केवल आफ्नो पक्षमा आर्थिक विवादका कारण दबाब सिर्जना गर्ने उद्देश्यले दायर गरिएको दबी गरे।

यो मुद्दा त्यतिबेलाको विवादसँग जोडिएको थियो, जब नवाजुद्दीनले आफ्ना भाइलाई व्यवस्थापक नियुक्त गरेका थिए र पैसासँग सम्बन्धित धेरै कामको जिम्मेवारी दिएका थिए। पछि उनीहरूबिच मनमुटाव भयो र सामाजिक सञ्जालमा एक–अर्कालाई आरोप लगाउन थाले। 

यसपछि विवादलाई शान्तिपूर्ण रूपमा सुल्झाउन सकियोस् भनेर अदालतले दुवै पक्षलाई सामाजिक सञ्जालमा कुनै पनि पोस्ट नगर्न आदेश दिएको थियो । यो मुद्दा खारेज भएपछि, कानुनी रूपमा यो विवाद अदालतमा बन्द भएको छ। तर, दुई पक्षबिचको सामाजिक र पारिवारिक तनाव को खबरहरू भने अझै पनि बाहिर आइरहेका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप