बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

चुनावको तयारीमा सिके राउत, मतदाता नामावलीका लागि अभियान चलाउने

शनिबार, २५ असोज २०८२, १४ : ०७
शनिबार, २५ असोज २०८२

सारांश

  • जनमत पार्टीले फागुन २१ गते हुने प्रतिनिधिसभा चुनावको तयारी थालेको छ।
  • पार्टीले जेनजी पुस्तालाई मतदाता नामावलीमा नाम लेखाउन घरदैलो कार्यक्रम गर्ने निर्णय गरेको छ।
  • जनमत पार्टीले चुनाव प्रचारका लागि जेनजी जनमत सङ्घ गठन गरेको छ।

काठमाडौँ । डा.सिके राउत नेतृत्वको जनमत पार्टी फागुन २१ गते हुने प्रतिनिधिसभा चुनावको तयारीमा जुटेको छ । हिजो बसेको केन्द्रीय समितिको भर्चुअल बैठकले पार्टीलाई चुनाव केन्द्रित गर्ने निर्णय गरेको हो । 

त्यसका लागि पहिलो चरणमा जेनजी पुस्तालाई मतदाता नामावलीमा नाम लेखाउन घरदैलो कार्यक्रम गर्ने निर्णय गरेको पार्टी उपाध्यक्ष नरेन्द्र चौधरीले बताए । मतदाता नामावलीमा बढीभन्दा बढी जेनजी पुस्ताको नाम समावेश गराउन पार्टीले गाउँ गाउँमा अभियान चलाउने उनले बताए । 

बैठकले पार्टी निकट जेनजी युवाहरूले निर्वाचन आयोगको कार्यालयमा हेल्प डेस्क स्थापना गरेर मतदाता नामावलीमा नाम लेखाउन सहयोग गर्ने निर्णय समेत गरेको छ । नाम लेखाउन आउनेलाई असहजता भयो भने पार्टीका जेनजीले सहयोग गर्ने र त्यसका लागि हेल्पडेस्क स्थापना गरिएको उनले बताए । 

त्यस्तै हरेक बुथमा जेनजीलाई समावेश गरेर एउटा छुट्टै बुथ कमिटी बनाउने निर्णय समेत सो पार्टीले गरेको छ । बैठकले छुट्टै जेनजी बुथ कमिटी बनाउने निर्णय समेत गरेको छ । सो पार्टी जेनजी जनमत सङ्घ गठन गरी चुनावी प्रचारमा लागि सकेको छ । सो पार्टीका अध्यक्ष डा.सिके राउतले असोज २३ गते एमालेका अध्यक्ष केपी शर्मा अ‍ोलीसँग पनि भेटघाट गरेका छन् । 

सो भेटका क्रममा मधेस प्रदेशमा कांग्रेस र एमालेलाई सहयोग गरेर सरकार बनाउने विषयमा कुराकानी भएको जनमत पार्टी स्रोतले जनाएको छ । यसअघि जनमत पार्टीकै नेतृत्वमा सरकार गठन भएको थियो । सो पार्टीले आफ्नै पार्टीका मुख्यमन्त्रीको विरुद्धमा कांग्रेस एमालेसँग मिलेर अर्को सरकार बनाउन लागेको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप