डङ्गोलको नियात्रा ‘कैलाश कोरा’ लोकार्पण
सारांश
- वरिष्ठ पर्यटन व्यवसायी राजेन्द्रमान डङ्गोलको नियात्रा कृति 'कैलाश कोरा' विमोचन गरियो।
- कृतिमा कैलाश मानसरोवर यात्राका क्रममा लेखकले भोगेका अनुभव समेटिएका छन्, जसले कैलाश घुम्न नसकेकालाई पनि अनुभूति दिलाउनेछ।
- पुस्तकमाथि समीक्षा गर्दै समीक्षकहरूले यसले नेपाली साहित्य र पर्यटनलाई जोडेको बताए।
काठमाडौँ । वरिष्ठ पर्यटन व्यवसायी एवं नियात्राकार राजेन्द्रमान डङ्गोलको नियात्रा कृति ‘कैलाश कोरा’ विमोचन गरिएको छ । नियात्राकार डङ्गोलले तिब्बतको कैलाश मानसरोवर यात्राका क्रममा भोगेका अनुभवलाई समेटेर तयार पारिएको उक्त कृतिको आज स्रष्टा समाज नेपालका अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’ले विमोचन गरेका हुन् ।
एसोसिएसन अफ कैलाश टुर्स अपरेटर्स नेपालले आज आयोजना गरेको कार्यक्रममा स्रष्टा समाज नेपालका अध्यक्ष श्रेष्ठले व्यक्तिगत जीवनमा धेरै मानिसहरूले विभिन्न स्थानको यात्रा गरे पनि यात्राको अनुभवलाई समेटेर कृति लेख्ने सर्जक कम भएका उल्लेख गरे ।
‘सरल भाषामा लेखिएको ‘कैलाश कोरा’ कृति कैलाश घुम्न नसकेका व्यक्तिका लागि पनि कैलाश घुमेसरह हुने सामग्री भएको छ’, उनले भने । उनले मुलुकमा नियात्राकारको आवश्यकता औँल्याए ।
पुस्तकमाथि समीक्षा गर्दै साहित्यकार प्राडा विन्दु शर्माले उक्त कृतिले नेपाली साहित्यलाई पर्यटनसँग जोडेको बताइन् । कृतिले कैलाश घुम्ने क्रममा भेटिएका गुम्बा र विभिन्न स्थानको किंबदन्तीलाई समेटेको उनले उल्लेख गरिन् ।
समीक्षक राम लोहनीले कैलाश घुम्दाका बखत आफूले देखे भोगेका कुरालाई पुस्तकमा समावेश गरिएको बताए । कैलाश मानसरोवर यात्राका क्रममा मिलेको ऊर्जालाई लेखकले पुस्तकमार्फत पाठकसमक्ष लैजाने प्रयास गरेका उनले उल्लेख गरे ।
एसोसिएसन अफ कैलाश टुर्स अपरेटर्स नेपालका सल्लाहकार ज्योति अधिकारीले नेपालको बाटो हुँदै वार्षिक ३० हजार आन्तरिक तथा बाह्य पर्यटक कैलाश मानसरोवर जाने गरेका जानकारी दिइन् । उनले कैलाश मानसरोवर नेपालको पर्यटकीय यामभन्दा पर्यटकीय याम नहुँदा पनि जान सकिने भएकाले यो विषय नेपाली पर्यटन प्रवर्द्धनका लागि अवसरका रूपमा मानिएको बताइन् ।
ट्रेकिङ एजेन्सीज् एसोसिएसन अफ नेपाल (टान) का अध्यक्ष सागर पाण्डेले आम पाठकलाई कैलाश यात्रा गर्न प्रेरणाको स्रोतका रूपमा पुस्तक बन्न सक्ने धारणा राखे । नेपाल पर्यटन बोर्डका सदस्य नरेन्द्रदेव भट्ट, होटल सङ्घ नेपाल (हान) का अध्यक्ष विनायक शाहलगायत वक्ताले उक्त पुस्तकलाई विभिन्न भाषामा अनुवाद गरेर विदेशी बजारमा बिक्री गर्न सके नेपालको पर्यटन क्षेत्रको विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
एसोसिएसन अफ कैलाश टुर्स अपरेटर्स नेपालका अध्यक्ष विमल नहर्की, महासचिव प्रदीप पण्डितले उक्त कृति कैलाश यात्रामा आधारित व्यक्तिगत अनुभूित मात्र नभई सबैलाई मार्गदर्शन गर्ने सामग्रीका रूपमा रहेको बताए । नेपालय पब्लिकेशनद्धारा प्रकाशित उक्त कृति १५८ पृष्ठको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाको महाधिवेशन स्थल जलमग्न (तस्बिरहरू)
-
हास्य कलाकार खेम शर्मा `चतुरे´को निधन
-
कालीगण्डकी किनारलाई धार्मिक–पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न पदमार्ग निर्माण
-
इक्वेडर र कुरासाओ गोलरहित बराबरीमा रोकिए, दुवै टोलीको नकआउट चरण पुग्ने सम्भावना कठिन
-
पोखरा रङ्गशालामा सामूहिक योग कार्यक्रम (तस्बिरहरू)
-
‘ट्रिलिनेयर’हरुको युगमा लोकतन्त्र खतरामा छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण