रसुवामा करेन्ट लागेर स्काभेटर चालकको मृत्यु
शनिबार, २५ असोज २०८२, २० : ०४
सारांश
- रसुवाको स्याफ्रु-रसुवागढी खण्डमा करेन्ट लागेर स्काभेटर चालकको मृत्यु भएको छ।
- कालिका गाउँपालिका-३ का ५० वर्षीय शिव पौडेलको टिमुरे-तातोपानी खण्डमा करेन्ट लागेर मृत्यु भएको हो।
- बालुवा खानी नजिक ट्रक निकाल्न सहयोग गर्दा स्काभेटरको बकेटले विद्युत् लाइन छुँदा दुर्घटना भयो।
रसुवा । स्याफ्रु–रसुवागढी खण्डमा करेन्ट लागेर आज स्काभेटर चालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता राजु शाहले रसुवाको कालिका गाउँपालिका–३ का ५० वर्षीय शिव पौडेलको करेन्ट लागेर मृत्यु भएको जानकारी दिए ।
टिमुरे–तातोपानी खण्डको बालुवा खानी नजिक राजमार्ग सतहमा हिलोका कारण चक्का दबिएको मालवाहक ट्रकलाई निकाल्न सहयोग गर्ने क्रममा स्काभेटरको बकेटले प्रवाह भइराखेको विद्युत् प्रसारण लाइनमा बकेटले छुँदा करेन्ट लागेर चालकको मृत्यु भएको प्रहरी प्रवक्ता शाहले बताए ।
मृतकको शव परीक्षणका लागि जिल्ला अस्पताल पुर्याइएको प्रहरीले जनाएको छ । उक्त स्काभेटर लामो समयदेखि टिमुरे क्षेत्रमा काम गरिरहेको स्थानीयले बताएका छन् । घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण