सुदन गुरुङले भने ‘अब चाहिँ अति भयो’
सारांश
- हामी नेपाल संस्थाका संयोजक सुदन गुरुङले सामाजिक सञ्जालमा फैलाइएका झुटा समाचारको विरोध गर्दै साइबर सेनाको ट्रेन्ड र गलत आरोपहरू अब सह्य नहुने बताए।
- गुरुङले आफू र आफ्नो समूहलाई 'फ्रि तिब्बत'सँग जोडेर झुटा समाचार फैलाइएकोमा असन्तुष्टि जनाउँदै प्रमाण देखाउन चुनौती दिए।
- उनले बारबरा फाउन्डेसन सम्बन्धी आरोप अस्वीकार गर्दै वेबसाइट निर्माण गरी हरेक कुराको स्पष्टीकरण दिने र झुटा समाचार फैलाउनेलाई कारबाही गर्ने चेतावनी दिए।
काठमडाैँ । हामी नेपाल संस्थाका संयोजक तथा जेनजी आन्दोलनका नेतृत्वकर्ता सुदन गुरुङले सामाजिक सञ्जालमा फैलाइएका झुटा समाचारप्रति कडा प्रतिक्रिया जनाउँदै साइबर सेनाको ट्रेन्ड र गलत आरोपहरू अब सह्य नहुने चेतावनी दिएका छन्।
गुरुङले शनिबार सामाजिक सञ्जालमा आफू र आफ्नो समूहलाई लक्षित गरी फैलाइएका झुटा समाचारप्रति असन्तुष्टि जनाएका हुन्। उनले एक भिडियो सन्देश जारी गर्दै भने, ‘अब चाहिँ अति भयो। हामीलाई ‘फ्रि तिब्त’सँग जोडेर झुटा समाचार फैलाइएको छ, मानिसहरू पत्याइरहनु भएको छ। कति ठाउँमा लड्ने भ्रष्टाचारविरुद्ध, झुटा समाचारविरुद्ध कि आफ्नै समूह मिलाउन ? ’
गुरुङका अनुसार, उनीहरूलाई लगाइएका सबै आरोप निराधार छन्। उनले चुनौती दिँदै भने, ‘जसले आरोप लगाएका छन्, उनीहरूले प्रमाण देखाउनुपर्छ म कहाँ छु भनेर मैले बोलाएको हो भन्ने। हामी पढेलेखेका हौँ, सत्य र झुटो छुट्याउन सक्छौँ।’
उनले बारबरा फाउन्डेसन सम्बन्धी आरोप अस्वीकार गर्दै भने, ‘हामी भाेली नै हरेक कुराको सार्वजनिक गर्छाैँ, प्रत्येक रुपैयाँको हिसाब सार्वजनिक हुन्छ। हाम्रो संस्था कुनै एनजीओ होइन र १ डलर पनि कुनै एनजिओबाट लिएका छैनौँ।’
गुरुङले वेबसाइट निर्माणको तयारी भइरहेको जानकारी दिँदै थपे, ‘हामी बिल सहितको वेबसाइट बनाउँदैछौं। नगद पैसा लिँदैनौँ, नगद सहयोग पनि स्विकार्दैनौँ। झुटा समाचारको पछि नलाग्नुस्।’
उनले चेतावनी दिँदै भने, ‘अब यस्ता झुटा समाचार फैलाउनेलाई कारबाही गर्नुपर्छ। यदि हामी गलत ठहरियौँ भने हामीमाथि कारबाही होस्, नत्र झुटा प्रचार गर्नेहरूमाथि होस्।’
गुरुङका अनुसार, जेनजी आन्दोलनमा घुसपैठ गर्नेहरूबारे पनि प्रमाणसहित उजुरी दर्ता गर्ने तयारी भइरहेको छ। उनले भने, ‘हामीसँग प्रमाण छन्, भोलीदेखि उजुरी हाल्दैछौं।’
गुरुङ गत भदौं २३ र २४ गते भएको जेनजी आन्दोलनका प्रमुख नेतृत्वकर्तामध्ये एक हुन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण