बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

सानोदुम्माका ९० प्रतिशत नागरिक विद्युत्को पहुँचमा

आइतबार, २६ असोज २०८२, ०० : ५०
आइतबार, २६ असोज २०८२

सारांश

  • भोजपुरको सानोदुम्माका ९० प्रतिशत नागरिक केन्द्रीय विद्युत्को पहुँचमा पुगेका छन्।
  • विद्युत् विस्तार अभियान अन्तिम चरणमा पुगेको छ, अब ११ घरमा मात्र बत्ती जडान हुन बाँकी छ।
  • विद्युत् विस्तारले स्थानीयलाई सहज बनाएको छ, टेलिभिजन र इन्टरनेटको पहुँच बढेको छ।

भोजपुर । पौवादुङमा गाउँपालिका–५ सानोदुम्माका करिब ९० प्रतिशत नागरिक अहिले केन्द्रीय विद्युत्को पहुँचमा पुगेका छन् । भौगोलिक रूपमा विकट मानिने यस वडामा स्थानीय तहको पहलमा घरघरमा बत्ती बलेको हो । 

वडाध्यक्ष बोमप्रसाद राईका अनुसार विद्युत् विस्तारको शून्य अवस्थाबाट सुरु गरिएको अभियान अहिले अन्तिम चरणमा पुगेको छ । “दुई बस्तीका ११ घरमा मात्र बत्ती पुग्न बाँकी छ । ती घरमा पनि चाँडै जडान गरिने तयारी भइरहेको छ”, उनले भने ।

केही दुर्गम बस्तीमा पोल र तारको अभावमा विद्युत् विस्तारमा ढिलाइ भएको वडाध्यक्ष राईको भनाइ छ । बाँकी रहेका घरमा पनि विद्युत् विस्तार गरी वडालाई ‘पूर्ण उज्यालो वडा’ घोषणा गर्ने लक्ष्य राखिएको छ । 

विद्युत् विस्तारसँगै वर्षौँदेखि टुकी र सोलारमा निर्भर रहँदै आएका स्थानीयले सहजता अनुभव गरेका छन् । “अब अँध्यारो हटेको छ”, स्थानीय हर्कराज राईले भने, “गाउँमै टेलिभिजन, इन्टरनेट चलाउन सकेका छौँ ।” अब सूचना तथा सञ्चारको पहुँच विस्तारसँगै गाउँलेले देश विदेशको खबर र सूचना सजिलै थाहा पाउने उनको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप