वीरगञ्ज भन्सार : पेट्रोलियम पदार्थबाट ११ अर्ब १८ करोड राजश्व सङ्कलन
सारांश
- वीरगञ्ज भन्सार कार्यालयले दुई महिनामा पेट्रोलियम पदार्थबाट ११ अर्ब १८ करोड राजस्व संकलन गरेको छ।
- पेट्रोलियम पदार्थको आयातमा २६ अर्ब ३३ करोड खर्च भएको छ, जसले राजस्वमा २८.५६ प्रतिशत योगदान पुर्याएको छ।
- भन्सार प्रमुखका अनुसार पेट्रोलियम पदार्थ र सवारी साधनको राजस्वमा महत्त्वपूर्ण योगदान छ।
वीरगञ्ज । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको दुई महिनामा सबैभन्दा धेरै राजस्व पेट्रोलियम पदार्थको आयातबाट रु ११ अर्ब १८ करोड सङ्कलन गरेको छ ।
कार्यालयले चालु आवको दुई महिनामा रु २६ अर्ब ३३ करोड खर्चिएर पाँच थरिका पेट्रोलियम पदार्थ आयात गरेको हो । आयातबाट प्राप्त कुल राजस्वमा मुख्य २० वस्तुबाट प्राप्त राजस्वको योगदानमा पेट्रोलियम पदार्थको हिस्सा भने २८ दशमलव ५६ प्रतिशत रहेको छ ।
वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक विष्णुप्रसाद ज्ञवालीका अनुसार भन्सारको राजस्वमा पेट्रोलियम पदार्थ र सवारीसाधनको योगदान निकै उच्च रहेको जानकारी दिए ।
‘यहाँको भन्सार आयातमा निर्भर रहेको छ । जसमा पनि पेट्रोलियम पदार्थ र सवारीसाधनको हिस्सा भने महत्त्वपूर्ण छ । यस्तै, यातायातका साधन र तिनका पार्टपुर्जा आयातबाट भने रु छ अर्ब १४ करोड अर्थात् १५ दशमलव ६८ प्रतिशत रहेको छ ।’
त्यसैगरी, फलाम तथा फलामबाट बनेका सामानबाट भने रु दुई अर्ब ५४ करोड अर्थात् छ दशमलव ४९ प्रतिशत राजस्वको हिस्सा रहेको छ । सबै प्रकारका कपडाबाट रु एक अर्ब ९८ करोड अर्थात् पाँच दशमलव ०६ प्रतिशत हिस्सा ओगटेको छ । वीरगञ्ज भन्सार कार्यालयले चालु आवको दुई महिनामा रु ३९ अर्ब १५ करोड राजस्व सङ्कलन गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण