७ दिनका लागि ५० अर्ब रुपैयाँ तान्दै राष्ट्र बैंक
सारांश
- नेपाल राष्ट्र बैंकले बजारबाट ५० अर्ब रुपैयाँ तान्न लागेको छ।
- बैंक तथा वित्तीय संस्थामा तरलता थुप्रिएपछि राष्ट्र बैंकले सात दिनका लागि रकम तान्न लागेको हो।
- निक्षेप संकलन उपकरणमार्फत बैंक तथा वित्तीय संस्थालाई बोलकबोल गर्न आह्वान गरिएको छ।
काठमाडौँ । नेपाल राष्ट्र बैंकले बजारबाट ५० अर्ब रुपैयाँ तान्न लागेको छ । बैंक तथा वित्तीय संस्थामा ऋण दिन मिल्ने रकम (तरलता) थ्रुपिएसँगै राष्ट्र बैंकले बजारबाट सात दिनका लागि ५० अर्ब रुपैयाँ तान्न लागेको हो । राष्ट्र बैंकले पछिल्लो समय निरन्तर रूपमा बैंकहरुबाट तरलता तान्दै आएको छ ।
बैंकहरुमा बढेको अधिक तरलता व्यवस्थापनका लागि निक्षेप संकलन उपकरणमार्फत राष्ट्र बैंकले आज ७ दिनका लागि उक्त रकम झिक्न लागेको जनाएको छ ।
बजारबाट पैसा निकाल्नका लागि आज दिउँसो ३ बजेसम्म अनलाइन बोलकबोल गर्न राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई आह्वान गरेको छ ।
घटीमा १० करोड र बढीमा पाँच करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी बोलकबोल गर्न सकिने राष्ट्र बैंकको सूचनामा उल्लेख छ । निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ भने बहु ब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ ।
निक्षेप संकलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउनेछन् । यसरी खरिद गरिएको निक्षेप संकलन उपकरण अन्य बैंक तथा वित्तीय संस्थामा धितोका रूपमा प्रयोग गर्न सकिने पनि राष्ट्र बैंकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
-
दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु
-
लोकसेवाको पदपूर्तिमै अंकुश लगाउने निर्णयविरुद्ध सडकमा उत्रिए विद्यार्थी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण