११ हजार डलर पर्ने यो हो विश्वको सबैभन्दा महँगो बर्गर
सारांश
- स्पेनको रेस्टुरेन्टले ११ हजार अमेरिकी डलर पर्ने विश्वकै महँगो बर्गर बेच्ने गर्छ, जुन आमन्त्रित ग्राहकहरूका लागि मात्र उपलब्ध छ।
- आठ वर्षको अनुसन्धानपछि तयार पारिएको यो बर्गरमा गुणस्तरीय सामग्री र अद्वितीय भोजन अनुभव समावेश छ, र यसलाई रेस्टुरेन्टले छनोट गरेका व्यक्तिहरूले मात्र खान पाउँछन्।
- यो बर्गर खानका लागि रेस्टुरेन्टले निम्ता गर्नुपर्छ र यसका लागि रिजर्भेसन सम्भव छैन, तर इच्छुक व्यक्तिले अनुरोध गर्न सक्छन्।
म्याड्रिड । स्पेनको असाडोर औपा रेस्टुरेन्टले संसारको सबैभन्दा महँगो र विशेष बर्गर बेच्दछ, जसको मूल्य ११ हजार अमेरिकी डलर अर्थात् झन्डै १५ लाख ६५ हजार नेपाली रुपैयाँ पर्दछ। अचम्मको कुरा त के छ भने यो बर्गर रेस्टुरेन्टले आमन्त्रित ग्राहकहरूलाई मात्रै बेच्ने गर्छ।
बर्गरहरू सामान्यतया रेस्टुरेन्टका सबैभन्दा सस्तो खाद्य वस्तुहरूमध्ये पर्छन्, तर असाडोर औपा यसको अपवाद बनेको छ। बास्क कुजिन पस्कने क्याटालोनियाको काब्रेरा डेल मारस्थित यस रेस्टुरेन्टका सेफहरूले आठ वर्षको गहन अनुसन्धान र प्रयोगपछि यो बर्गर तयार पारेका हुन्। यसका केही इन्ग्रेडियन्टहरू गोप्य राखिएका छन्।
यति धेरै मूल्य सुन्दा धेरैलाई यसमा खान मिल्ने सुन राखिएको छ कि भन्ने लाग्न सक्छ, तर रेस्टुरेन्टले यो मूल्य गुणस्तरीय इन्ग्रेडियन्ट, एक अद्वितीय भोजन अनुभव र विशिष्टतासँग जोडिएको दाबी गरेको छ।
असाडोर औपाका संस्थापक तथा ग्यास्ट्रोनोमिक इनफ्लुएन्सर बोस्को जिमेनेज (बडेविकिंगो) को अवधारणा सरल थियो: विलासिता हल्ला हुनु हुँदैन, यो अप्राप्य हुनुपर्छ। यही सोचका साथ उनले यो बर्गर बनाएका हुन्। संसारमा थोरै मानिसहरूले मात्रै बर्गरका लागि ११ हजार डलर तिर्न सक्छन्, तर पैसा भएर मात्रै पनि यो बर्गर खान पाइँदैन।

संसारको सबैभन्दा महँगो यो बर्गर खानका लागि ग्राहकलाई असाडोर औपाले आफैँले निम्ता गरेको हुनुपर्छ। रेस्टुरेन्टको वेबसाइटमा भनिएको छ: "यो बर्गर मेनुमा राखिएको छैन। यसका लागि रिजर्भेसन सम्भव छैन। यसलाई रेस्टुरेन्ट आफैँले छानेका मानिसहरूले मात्रै खान सक्छन्।"
यदि कसैलाई आफू पनि यो सूचीमा पर्नुपर्ने लाग्छ भने अनुरोध गर्न सकिन्छ। रेस्टुरेन्टले ती अनुरोधहरूलाई 'प्रोसेस' गर्नेछ र सबै मापदण्ड पूरा गर्नेहरूलाई मात्र यो बर्गर खान निम्ता गरिनेछ। तर, रोचक पक्ष के छ भने यो खान चाहनेले के-के मापदण्ड वा योग्यता पूरा गर्नुपर्छ भन्ने कुरा कसैलाई थाहा छैन।
तर, यदि तपाईंहरूमध्ये कसैलाई असाडोर औपाले छान्यो भने, रेस्टुरेन्टको एउटा निजी कोठामा अन्य केही भाग्यशाली ग्राहकहरूसँग टेबलमा बसेर ‘विश्वका तीन उत्कृष्ट मासु’, ‘युरोपको सबैभन्दा विशेष चिज’, र ‘विलासी भावनाले तयार पारिएको विशेष सस’बाट बनेको यो बर्गर खान पाउनुहुनेछ।
यो बर्गरभन्दा अगाडि संसारको सबैभन्दा महँगो बर्गर ‘गोल्डेन ब्वाय’ थियो, जसको मूल्य ५ हजार ४०० अमेरिकी डलर थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हिमालयन लिटरेचर फेस्टिभल एण्ड राइटर्स वर्कशप २०२६ सुरु
-
राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो
-
चलचित्र ‘काला हिरण’ विवाद : निर्माता भन्छन्, ‘यो सलमान खानको बायोपिक होइन’
-
‘डन ३’ विवादमा रणवीरलाई राहत, असहयोगको निर्णय फिर्ता
-
तेस्रो पटक विवाह बन्धनमा बाँधिँदै आमिर खान
-
राजनारायण पाठक विरुद्धको भ्रष्टाचार मुद्दामा सुनुवाइ हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण