देउवालाई उदयशमशेरकाे सुझाव : महाधिवेशन गर्न कार्यवाहक तोक्दा उपयुक्त हुन्छ
सारांश
- उदयशमशेर राणाले पार्टी सभापति शेरबहादुर देउवालाई महाधिवेशनको लागि कार्यवाहक तोक्न सुझाव दिएका छन्।
- राणाले पार्टीलाई एक ढिक्का राख्न र नेतृत्व परिवर्तनको मुद्दालाई मध्यनजर गर्नुपर्ने बताए।
- उनले पार्टीभित्र भ्रष्टाचार विरोधी अभियान चलाउन र निर्वाचनलाई प्रमुख मुद्दा बनाउनुपर्ने विचार राखे।
काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य उदयशमशेर राणाले महाधिवेशन गर्ने गरी कार्यवाहकको जिम्मेवारी दिन सभापति शेरबहादुर देउवालाई सुझाव दिएका छन् । राणाले परिवर्तित राजनीतिक घटनाक्रम र स्वास्थ्यलाई मध्यनजर गरेर महाधिवेशन सम्पन्न गर्ने जिम्मेवारीसहित कार्यवाहक तोक्न देउवालाई सुझाव दिएका हुन् ।
कांग्रेसभित्र नेतृत्व परिवर्तनका लागि तत्काल महाधिवेशनको माग उठिरहेका बेला देउवानिकट नेता राणाले भने– ‘पार्टीलाई एक ढिक्का राख्नुपर्नेछ। नेतृत्व परिवर्तनको मुद्दा जोडतोडले उठिरहेको छ । यस्तो बेला सभापतिज्यूले कार्यवाहकको जिम्मेवारी दिनु उपयुक्त हुन्छ ।’
राणाले रातोपाटीसँग भने– ‘तत्कालको समस्याको निकासका लागि यो उत्कृष्ट विकल्प भएको पनि बताए । राणाले संस्थापन समूहको बैठकमा पनि पार्टीलाई विभाजनको बाटोमा जान नदिन नेतृत्व लचक हुनुपर्नेमा जोड दिँदै आएका छन् । संस्थापन समूहकै कतिपय नेताहरूले देउवाले कार्यवाहक तोक्न नहुने धारणा राख्दै आएको बेलामा राणाले कार्यवाहक तोकेर अगाडि बढ्नुपर्ने बताएका हुन् ।
कांग्रेसमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशनका लागि हस्ताक्षर अभियान चलाइरहेका छन् ।
केन्द्रीय सदस्य राणाले प्रतिनिधिसभा पुन:स्थापनातर्फ पार्टी लाग्न नहुने बताए । ‘हाम्रै पार्टीभित्र कतिपय नेताहरूले संसद् पुन: स्थापनाकाे कुरा गरिरहनुभएको छ। यो उपयुक्त कुरा होइन । सरकारले फागुनमा निर्वाचनको मिति घोषणा गरिसकेको छ । अब पार्टीले निर्वाचनलाई प्रमुख मुद्दा बनाएर अगाडि बढ्नुपर्छ । त्यसका लागि सरकारलाई पनि वातावरण बनाउन दबाब दिनुपर्छ,’ राणाले भने ।
पार्टीभित्र भ्रष्टाचार विरोधी अभियान नै सञ्चालन गर्नुपर्ने राणाको भनाइ छ । ‘अहिलेको जेनजीको प्रमुख माग नै सुशासन, पारदर्शिता हो । अब कांग्रेसले यो विषयमा पनि कठोर हुन जरुरी छ । भ्रष्टाचारका विरुद्ध पार्टी लाग्नुपर्दछ । यसमा शून्य सहनशीलता अनिवार्य हुनुपर्दछ ।’
कांग्रेसले परिवर्तित राजनीतिक अवस्थालाई आत्मसात् गर्नुपर्ने उनको तर्क छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण