बालेन र सुदन विरुद्ध नेविसंघले पनि बुझायो जाहेरी
काठमाडौँ । नेपाली कांग्रेसको भातृसंगठन नेपाल विद्यार्थी सङ्घ (नेविसंघ)ले पनि बालेन शाह र सुदन गुरुङ विरुद्ध जाहेरी दिएको छ ।
गत भदौ २३ र २४ मा जेनजी प्रदर्शनको क्रममा भएको अप्रिय घटनामा उनीहरू जिम्मेवार रहेको भन्दै नेविसंघले कारबाही गर्न माग गरेको छ ।
जिल्ला प्रहरी परिसर ललितपुरमा बुझाएको जाहेरीमा नेविसंघको तर्फबाट अशोक सिंह विष्टले हस्ताक्षर गरेका छन् ।
काठमाडौँका मेयर साह र हामी नेपालका संस्थापक गुरुङले भदौ २३ र २४ को प्रदर्शनमा विद्यार्थीलाई युनिफर्मममा आन्दोलनमा जान उकासेको र घुसपैठ गराएर सार्वजनिक सम्पत्ति ध्वस्त बनाएको नेविसंघको आरोप छ । जाहेरीमा भनिएको छ, ‘जेनजी प्रदर्शनमा भएको लुटपाटको जिम्मेवार साह र गुरुङ हुन् ।’
यसअघि जेनजी अगुवा सुदन गुरुङको समूहले पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र उनको क्याबिनेटका गृहमन्त्री रमेश लेखक विरुद्ध जिल्ला प्रहरी परिसर काठमाडौँमा जाहेरी दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्क हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस
-
हस्तकला महासंघलाई प्रधानमन्त्रीको आश्वासन : तुरुन्तै सकारात्मक निर्णय गर्छौँ
-
विजय थलपतिको ‘जन नायकन’ले अग्रिम टिकट बुकिङबाट कमायो २० करोड भारु
-
९५ दिनदेखि माइतीघरमा दीपा नेपालीः सरकार, कोठा खाली छ ?
-
हुथी विद्रोहीको नाकाबन्दीको चेतावनीले अमेरिकामाथि नयाँ सैन्य दबाब, पश्चिम एसियामा युद्ध थप फैलिने खतरा
-
गगन थापासँग सती जाने होइन, नयाँ र बलियो पार्टी बनाउने हो : मोहनबहादुर बस्नेत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण