जेल जान वृद्धले सुपरमार्केट लुटेपछि...
सारांश
- ६० वर्षीय वृद्धले नातिलाई भेट्न जेल जान सुपरमार्केटमा लुटपाट गरे ।
- उनले बन्दुक देखाएर नगद र चिज, वाइन लुटे, र प्रहरीको प्रतीक्षा गरे ।
- अदालतले उनलाई जेल सजाय दिएन, तर क्षतिपूर्ति र उपचारको आदेश दियो ।
पेरिस । जेल जान कसलाई पो मन लाग्छ र ! तर एक जना ६० वर्षीय वृद्धले जेल जान सुपरमार्केटमा लुटपाट गरेका छन् । यो अनौठो घटना सेप्टेम्बरको अन्त्यतिर फ्रान्सको ग्वाडेलुप प्रयाद्विपको उत्तरमा रहेको सेन्ट–रोजमा भएको हो ।
पूर्वअग्निनियन्त्रक रहेका ती वृद्धको कुनै आपराधिक रेकर्ड थिएन, उनले स्थानीय प्रहरी थाना नजिकै भएको एउटा सुपरमार्केटमा मुखभरि बालाक्लाभा कोचेर हातमा बन्दुक बोकेर छिरेका थिए ।
क्यास रजिस्टरमा गएर बन्दुक देखाउँदै उनले त्यहाँ भएको सबै नगद दिन भने अनि एमेन्टल चिजको एक टुक्रा र वाइनको बोतल’ लिएर हिँडे । यो लुटपाटपछि उनी भागेनन्, बरु बिस्तारै आफ्नो कार भएको ठाउँतिर फर्किए । उनको यो हर्कत देख्दा उनी साँच्चै ‘कहिले प्रहरी आउँला र समातेर लैजाला’ भनेर कुरिरहेका थिए ।
वृद्धले जेलमा रहेको आफ्नो नातिलाई सघाउन यो ‘हर्कत’ गरेका थिए ।
‘उनी अलिक हतास देखिन्थे, पैसामा उनको रुचि थिएन, उनी केवल आफ्नो नातिलाई भेट्न र उनीसँग हिँड्न जेल जान चाहन्थे,’ अदालतले वृद्धका लागि नियुक्त गरेको वकिल लिया ले चेभिलियरले एजेन्स फ्रान्स प्रेसलाई बताइन् ।
वृद्धका नातिलाई जेलमा कसैले कुटपिट गरेका थिए, उनको दाँत भाँच्चिएको थियो । जेलमा भेटघाट कक्षमा नातिको त्यस्तो हबिगत देखेपछि वृद्ध जसरी पनि जेल जान चाहन्थे । वृद्धलाई सशस्त्र डकैती, जानीजानी आक्रमण गरेको अनि विद्रोह गरेको अभियोगमा अदालतमा उपस्थित गराइएको थियो, जहाँ उनले आफूमाथि लागेको आरोप स्वीकार पनि गरे । अपराधीको ‘अभूतपूर्व प्रोफाइल’ले यो मुद्दा हेरिरहेका न्यायाधीशसहित अदालतमा उपस्थित सबै सोच्न बाध्य भए ।
वृद्धलाई यी आरोपमा तीनदेखि पाँच वर्षको जेल सजाय दिनुपर्थ्यो, तर वृद्धले नातिको हालत देखेर त्यस्तो काम गरेको र यसका लागि यति ठुलो मूल्य तिर्न नहुने फैसला न्यायाधीशले सुनाए ।
यद्यपि वृद्धले डकैतीका पीडितहरूलाई क्षतिपूर्ति दिनुपर्नेछ, मनोवैज्ञानिक उपचार लिनुपर्नेछ र उनले लुटपाट गरेको सुपरमार्केटमा जान पाउने छैनन् । कैदी नबनिकन कानुनी रूपमा आफ्नो नातिलाई भेट्ने उनको अधिकार पनि कायम हुनेछ । जेल जानकै लागि भनेर अपराध गरेको यो पहिलो घटना भने होइन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनारायण पाठक विरुद्धको भ्रष्टाचार मुद्दामा सुनुवाइ हुँदै
-
छुट्टाछुट्टै सवारी दुर्घटनामा १० जनाको मृत्यु
-
उपेन्द्र यादवको जसपा दल विभाजन सम्बन्धी मुद्दामा सुनुवाइ सकियो
-
गाजामा इजरायली आक्रमण, ८ जनाको मृत्यु
-
परम्परागत नेतृत्वको ‘कम्फर्ट जोन’ र पुराना मानक बदल्न विज्ञहरूको जोड
-
यी ६ सहकारीलाई कार्यालय खाली गर्न महानगरको १५ दिने म्याद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण