मंसिर १८ अगावै महाधिवेशनको मिति तोक्न अध्यक्ष लिङ्देनलाई अल्टिमेटम
सारांश
- राप्रपा महामन्त्री डा. धवल शमशेर जबराले मंसिर १८ अगाडि महाधिवेशनको मिति तोक्न अल्टिमेटम दिए।
- जबरा पक्षधर नेताहरूको भेलाले महाधिवेशनको मिति तोक्नुपर्ने, कारबाही फुकुवा गर्नुपर्ने निष्कर्ष निकाल्यो।
- जबराले संघीयता र गणतन्त्र खारेज गरी राजसंस्थासहितको हिन्दुराज्य बनाउनुपर्ने एजेण्डा अगाडि बढाउनुपर्नेमा जोड दिए।
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री डा. धवल शमशेर जबराले पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनलाई मंसिर १८ गतेभन्दा अगाडि नै महाधिवेशनको मिति तोक्न अल्टिमेटम दिएका छन्। वर्तमान कार्यसमितिको चारवर्षे कार्यकाल मंसिर १८ गते सकिने भएकाले सोअगावै मिति नतोके समिति अवैध हुने उनको भनाइ छ।
काठमाडौँमा आइतबार जबरा पक्षधर नेताहरूको भेलापछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले महाधिवेशन गर्न दबाब दिनका लागि भेला बोलाइएको बताए। भेलाले महाधिवेशनको मिति तोक्नुपर्ने, कारबाहीमा परेका नेताहरूको कारबाही फुकुवा गर्नुपर्ने र पार्टीमा एकता कायम गर्नुपर्ने निष्कर्ष निकालेको छ।
महामन्त्री जबराले संघीयता र गणतन्त्र खारेज गरी देशलाई राजसंस्थासहितको हिन्दुराज्य बनाउनुपर्ने पार्टीको एजेन्डालाई अगाडि बढाउनुपर्नेमा पनि जोड दिए। गत माघदेखि बस्न नसकेको केन्द्रीय समितिको बैठक बोलाउनका लागि जबरा समूहले दबाब दिन थालेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभर मनसुनी वायुको प्रभाव, यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
-
काठमाडौँ उपत्यकामा दुर्घटना १९ प्रतिशतले घट्यो
-
महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण